दोहा, मंसीर १२
कतारमा आगामी डिसेम्वर १३ देखि लागु हुने श्रम कानूनका बारेमा धेरैका थुप्रै खालका अपेक्षा छन् । धेरै कुरा गोप्य नै राख्न चाहने र रोजगारदाताको हात माथि पार्न तथा कामदारको अधिकारलाई कुल्चिएको आरोप लागिरहेको कतारले जारी गर्न लागेको नयाँ श्रम कानूनका बारेमा कतिपय हल्ला छन् र त्यसको वास्तविकताका बारेमा धेरैले यसै हो भन्न सक्दैनन् । कतार डे ले त्यस्तै केहि हल्ला र तिनिहरुको वास्तविकतालाई अगाडी सारेको छ ।
१. कतार पुनः प्रवेशको प्रतिवन्धः हाल कतारबाट रोजगारदाताको अनुमति विना स्वदेश फर्किएमा दुई बर्ष प्रतिवन्ध लाग्ने गर्दछ । नयाँ कानूनले त्यसलाई हटाएको भनिएपनि यो प्रतिवन्ध कायमै छ । अझ रोजगारदाताले संगिन आरोप लगाएर कामबाट निश्कासन गरेमा चार बर्षे प्रतिवन्ध लाग्नेछ । त्यस्तो आरोपका विरुद्धमा अदालतमा उजुरी नहालिएमा प्रतिवन्ध लाग्नेछ ।
२. रोजगारदाताको एनओसी नचाहिनेः नयाँ कानूनले कतार छोड्न रोजगारदाताले नै दिएको एनओसी नचाहिने व्यवस्था त गरेको छ तर त्यसरी घर फर्किन चाहनेले मन्त्रालयमा लिखित निवेदन दिनुपर्नेछ । यसैगरी आफ्नो रोजगारदातालाई कम्तीमा ३ दिन अगाडी जानकारी दिनु पर्दछ । यो अवस्थामा रोजगारदाताले एनओसी नदिएको खण्डमा पनि मन्त्रालय मार्फत प्रकृया पुरा गरेर त्यस्ता व्यक्ति स्वदेश फर्किन पाउनेछन् ।
३. रोजगारदाता परिवर्तन गर्न पाइने ः नयाँ कानूनले पनि दुई वा ५ बर्षे रोजगार सम्झौता गर्न पाइने व्यवस्था गरेको छ । त्यस्तो सम्झौता पुरा गरेपछि रोजगारदाता फेर्न पाइन्छ । तर नेपालमा जस्तो सहजै रोजगारदाता फेर्न पाइन्छ भनेर अपेक्षा गर्नुहुन्न ।
४. प्रतिवन्धः खाडीको एउटा देशबाट देश निकाला गरिएको भएमा समेत कतार पस्न नपाउने व्यवस्था नयाँ कानूनले गरको छ । यस्ता व्यक्तिको रेकर्ड एकापसमा आदान प्रदान गर्न खाडीका मुलुकहरुले यसअघि नै प्राविधिक कार्य अगाडी बढाइसकेका छन् ।
थप विषयहरुः
– आफ्नो सम्झौता जस्तो छ त्यहि अनुसार हुन्छ । त्यसैले समझौता पत्रमा हस्ताक्षर महत्वपूर्ण कुरा हो ।
– सम्झौता तोडेर बीचमा फर्किनेहरुले त्यो सम्झौताको अवधि नसकिएसम्म पुनः फर्किन पाउँदैनन् । तर सम्झौता सकिएपछि स्वदेश फर्किनेहरुले भोलीपल्टै कतार फर्किन चाहेमा पनि पाउँछन् ।
– कतारमा रोजगारी गरिहेकाहरुले नयाँ कानून लागु भएपश्चात अर्को सम्झौता गर्न जरुरी छैन । हालकै सम्झौता मान्य हुन्छ ।
– नयाँ कानूनले घरेलु कामदारलाई पनि समेट्नेछ ।
बैदेशिक रोजगार बारे गाइएको गीत हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source}
