उदयपुर– क्युपेक नेपालका केन्द्रीय अध्यक्ष नरनाथ लुईंटेलले जिफन्टको सदस्य भएर बैदेशिक रोजगारीमा जानेहरुले विदेशमा पनि कुनै समस्या परेमा सहयोग पाउन सक्ने बताएका छन् । उनले विदेश जानेहरुलाई नेपालमै यूनियनको सदस्य भएर जान आग्रह गरे ।
क्यूूपेक नेपाल, उदयपुरको छैठौं जिल्ला अधिबेशनका अवशरमा प्रमुख अतिथिका रुपमा बोल्दै लुईंटेलले विदेश जानु अगाडी सीप सिक्न पनि आग्रह गरे । उनले सो अवशरमा निर्माण मजदुरका मुख्य ५ वटा मुद्धाका बारेमा प्रष्ट पारे ।
उनले क्यूपेक नेपालले ज्याला बृद्धि, जिल्ला दररेट समितिमा क्यूपेक नेपालको प्रतिनिधित्व, स्थानीय निकायमा मजदुर प्रतिनिधित्व किन आवश्यक छ भन्ने बारेमा बताए । यसैगरी निर्माण मजदुरका लागि सामाजिक सुरक्षा र उनीहरुका लागि पेन्सनको मुद्धालाई पनि क्यूपेक नेपालले अगाडी बढाइरहेको लुईंटेलले जानकारी गराए ।
सो अवशरमा क्यूपेक नेपालका अध्यक्ष लुईंटेलले केपीओली नेतृत्वको सरकारले घोषणा गरेको दुर्घटना बीमा तुरुन्त कार्यान्वयन गर्न र नेता बिरामी हुँदा उपचार गर्न ५० लाख दिने सरकारलाई निर्माण मजदुर दुर्घटनामा पर्दा ५ लाख दिएर देखाउन चुनौति दिए । उनले अव सदस्यता लिएका श्रमिकलाई समस्यामा पर्दा सहयोग गर्ने नीति अगाडी बढाइने भन्दै सवै निर्माण मजदुरलाई क्यूपेकको सदस्यता लिन आग्रह पनि गरे ।
अधिवेशनमा जिफन्ट प्रदेश नम्वर १ का आर्थिक प्रमुृख त्रिविक्रम ज्ञवाली, नेकपा एमालेका पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडा, क्यूपेक नेपालकी सचिव शान्ता बस्नेत, जिफन्टकी राष्ट्रिय कमिटी सदस्य माया भण्डारी, नेकपा एमाले उदयपुरका अध्यक्ष ईश्वरमणी राउत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवशरमा क्यूपेक नेपालका संस्थापकहरुलाई सम्मान पनि गरिएको थियो । यसैगरी सो अवशरमा क्युपेक नेपाल मोरंग जिल्ला सचिव मदन परियारका छोरा मिलन परियारले गीत गाएर मनोरञ्जन गराएका थिए । उनी पूर्वाञ्चल गायन प्रतियोगिताको शिर्ष १० मा पुगेका छन् । उनलाई भोट दिएर जिताउन पनि सो अवशरमा आग्रह गरिएको थियो । अधिवेशनको उद्घाटन सत्रमा झण्डै १५ सय निर्माण श्रमिक सहभागि थिए । उद्घाटन सत्र सुरु हुनु अगाडी ¥याली निस्किएको थियो ।
फरक प्रसँगको यो भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y” frameborder=”0″ allowfullscreen></iframe>{/source}
