मलेसियामा २ सय ४५ नेपाली जेलमा, मलेसियामा नेपालीको संख्या घटेपनि एक बर्षमा मृत्यु हुनेको संख्या उस्तै

सुदीप निउरे, कार्तिक ३०, क्वालालम्पुर
मलेसियामा यस बर्ष ३ सय ५ जना नेपालीले ज्यान गुमाएका छन् । रोजगारीको लागि मलेसिया आएका उनीहरु मध्ये अधिकांशको ज्यान सुतेकै अबस्थामा गएको यहाँस्थित नेपाली राजदुत डाक्टर निरञ्जनमान सिंह बस्न्यातले जानकारी दिए । बिगत बर्षहरुमा जस्तै यस बर्षपनि सुतेकै अवस्थामा ज्यान गुमाउनेहरु धेरै छन् । बिगत बर्षहरुमा झण्डै १० लाख नेपाली कामदार रहेको मलेसियामा अहिले करीब् ५ लाख नेपालीले काम गरिरहेका छन् ।

कुल कामदारको  संख्यामा ब्यापक कमि आउँदा पनि कामदारको मृत्युदरमा भने कमि आउन नसकेको तथ्यांकले देखाउंछ । कडा परिश्रम गर्ने तर पानी  कम मात्रामा पिउनेहरुमा हृदयघातको सम्भावना ज्यादा हुने गरेको मलेसियन डाक्टर धर्मा बताउँछन । गत बर्ष पनि ४ सय २५ जना नेपाली कामदारले मलेसियामा ज्यान गुमाएका थिए । जसमध्ये ५५ जनाले आत्महत्या गरेको राजदुतावास स्रोतले उल्लेख गरेको छ । सन २०१३ मा पनि ३५ जना नेपालीले मलेसियामा आत्महत्या गरेको जनाईएको छ ।

नेपाली कामदारले खानपान तथा बासस्थानलाई मात्र ध्यान दिन सके सुतेकै अबस्थामा हुने मृत्युमा  न्युनीकरण हुने स्वास्थ्य क्षेत्रका जानरकारहरु बताउँछन् । काममा हुने दबाव तथा पारिवारीक समस्याले गर्दा कामदारमा मानसिक तनाव समेत हुने गरेको बिभिन्न अध्ययनले देखाउँदछ ।

जेलमा नेपाली
यस्तै अहिले २ सय ४५ जना नेपाली मलेसियाका बिभिन्न जेलमा छन् । जेलमा रहेका अधिकांश अबैधानिक भई काम गरेको आरोपमा समातिएका हुन भने केहिलाई अन्य बिभिन्न अपराध गरेको आरोप लागेको राजदुत डाक्टर बस्न्यातले जानकारी दिए ।

यसैगरि बिगत १६ महिनाको अन्तरमा यहांस्थित राजदुतावासले घर फिर्ती केन्द्रमा रहेका ६ सय १२ जनालाई नेपाल फर्काएको छ । उनीहरुलाई एकतर्फी निःशुल्क हवाई टिकटको ब्यवस्था गरि घर फकाईएको हो । घर फर्कीएका मध्य े३५ जनालाई एनआरएनए मलेसियाले र ५ जनालाई आईएमईले एकतर्फी हवाई टिकटको ब्यवस्था गरेको जनाईएको छ । अन्य रकम नेपाल सरकारको तर्फबाट खर्च गरेको पनि यहांस्थित नेपाली राजदुतावासले जानकारी दिएको छ ।

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y” frameborder=”0″ allowfullscreen></iframe>कतारको नयाँ कानून, के आउँदैछ नयाँ कुरा ?
{/source}

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय