युएई, कात्तिक १३
भुकम्पले भत्काएको काठमाडौंको धरहरा पुनःनिर्माणका लागि सहयोग गर्न युएईमा क्रियाशिल प्रवासी नेपाली मञ्चले देउसी भैली कार्यक्रम आयोजना गरेको छ । शुक्रबार विदाको दिन पारेर मञ्चले आवुधावी, दुवई, शारजहा लगायतका क्षेत्रमा रहेका नेपाली ब्यवसायी, समाजसेवीका घरमा पुगेर देउसी खेलेको हो ।
युएईमा दर्ता नभएका संस्थालाई गतिविधि गर्न र अनुमति नलिई कार्यक्रम गर्न रोक लगाएका बेला मञ्चले गोप्य ढंगले समुह परिचालन गरि भैलो कार्यक्रम संचालन गरेको हो । दुई दर्जनको संख्यामा रहेका मञ्चका नेता कार्यकर्ता तथा कलाकारको समुह जोर मादल बोकेर देउसी खेल्न पुगेका थिए । प्रवासमा रहेर पनि नेपाली संस्कृति मनाउन पाएकोमा खुशी ब्यक्त गर्दै समुहका सदस्यले धरहरा पुर्ननिर्माणमा पनि सघाउने उद्धेश्यले देउसीभैलो खेलिएकोले गौरवको अनुभुति समेत भएको प्रतिकृया दिए ।

प्रवासी नेपाली मञ्च नेकपा एमाले निकटको संगठन हो । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली प्रधानमन्त्रि रहेका बेला धरहरा पुनःनिर्माण नेपालीकै पैसाले गर्ने भन्दै सहयोगका लागि आह्वान गरेका थिए । ओलीले आफ्नो एक महिनाको तलब उपलब्ध गराउदै अभियानको घोषणा गरेका थिए ।
धरहरा नेपालको ऐतिहासिक धरोहर भएको र यसको पुनःनिर्माण नेपालीकै सहयोगमा गर्नु पर्ने भएकाले त्यसलाई सहयोग गर्न आफुहरुले देउसी भैली कार्यक्रम सञ्चालन गरेको प्रवासी नेपाली मञ्च युएईका अध्यक्ष श्याम कँडेलले जानकारी दिए । देउसीबाट संकलन भएको रकम र संगठनका शुभेच्छुकले उपलब्ध गराएको रकम संकलन गरि पार्टि मार्फत धरहरा पुनःनिर्माणका लागि उपलब्ध गराईने कँडेलले जानकारी दिए ।
विगतका बर्षमा पनि देउसी भैलोबाट संकलन गरिएको रकम बिभिन्न सामाजिक कामका लागि उपलब्ध गराउने गरिएकोमा यस पटक पनि त्यसैको निरन्तरता स्वरुप देउसी भैलो खेलीएको प्रवासी नेपाली मञ्च युएईका निवर्तमान अध्यक्ष प्रकाश कोईरालाले जानकारी दिए ।
भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/7IKAb99lzb4″ frameborder=”0″ allowfullscreen></iframe>{/source}
