कतारमा कामदारका पक्षमा मन्त्रीपरिषदद्धारा अर्को निर्णय 

 

दोहा, कात्तिक ४ 

कतारको मन्त्री परिषदले रोजगारदाता विरुद्धमा कामदारले हाल्ने उजुरी प्रकृयालाई सहज बनाउने योजनालाई पारित गरेको छ । कतारकोे समाचार एजेन्सी क्यूएनएका अनुसार यसका लागि एउटा विशेष कमिटी बनाइनेछ जसले उजुरी परेको तीन हप्ताभित्र त्यसलाई टुँग्याउनु पर्नेछ । हाल त्यस्ता उजुरीको सुनुवाईका लागि महिनौं लामो समय र जटिल प्रकृया छ जसका कारण कतारको आलोचना हुँदै आएको छ । 

प्रस्तावित योजना अनुसार यस्तो विशेष कमिटी कतारको श्रम मन्त्रालय मातहत रहनेछ । यसको अध्यक्ष न्यायाधिस रहनेछन जसको छनौछ सर्वोच्च न्यायिक कमिटीले गर्नेछ । सो कमिटीमा दुईजना मन्त्रालयका कर्मचारी समेत रहनेछन् । 

प्रस्तावित कमिटीले लेवर कन्ट्रयाक्ट लगायतका विषयहरु तीन हप्ताभित्रै टुँग्याउने क्यूएनएले जनाएको छ । तर सो कमिटीले गर्ने निर्णय अदालती निर्णय सरह हुने वा नहुने भन्ने प्रष्ट पारिएको छैन । मन्त्रीपरिषदले पारित गरेको यो प्रस्ताव कतारका शेखले अनुमोदन गरेपछि मात्र लागु हुन्छ । 

यो पनि पढ्नुहोस् 

कतार सरकारद्धारा नयाँ कानूनका बारेमा जानकारीमूलक अभियान सुरु, कामदारलाई आफ्ना अधिकारका बारेमा सचेत बनाउने लक्ष्य 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय