नेपालको शेयरबजारमा एनआरएनलाई प्रवेश गराउन कार्यविधि बन्दै 

काठमाडौं, कात्तिक ४ 

नेपाल धितोपत्र बोर्डले सेयर बजारमा गैरआवासीय नेपाली (एनआरएन) को सहभागिता बढाउन कार्यविधि बनाउने भएको छ । बोर्डले कार्यविधि निर्माणका लागि अध्ययन समितिसमेत गठन गरेको छ । सेयर बजारमा एनआरएनलाई सहभागी गराउन आवश्यक अध्ययन गरी कार्यविधि बनाउन बोर्डका नियमन तथा व्यवस्थापन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेप्सेका पदाधिकारी सदस्य रहने गरी समिति गठन गरेको हो ।

समितिले आवश्यक अध्ययन गरी कार्यविधिको मस्यौदा तयारी गरी पेस गर्ने बोर्डले जनाएको छ । सो समितिमा एनआरएनका प्रतिनिधिसमेत सहभागी रहने व्यवस्था छ । धितोपत्र बजारमा एनआरएनले प्रत्यक्ष लगानी गर्ने व्यवस्था छैन । धितोपत्रको दोस्रो बजारमा एनआरएनको सहज प्रवेशको व्यवस्था गरिने भनिए पनि हालसम्म कुनै पहल भएको थिएन ।

समितिले एनआरएनको सहभागिताबाट धितोपत्रको दोस्रो बजार हुँदै अर्थतन्त्रमा पर्ने प्रभाव समेतको अध्ययन गरी दुई महिनाभित्र कार्यविधि तयार गर्ने बोर्डले जनाएको छ । कार्यविधिको कार्यान्वयनपछि धितोपत्रको दोस्रो बजारको दायरा फराकिलो हुने र नेपाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा बोर्डको छ ।

कारोवारबाट 

यो पनि पढ्नुहोस् 

अलपत्र परेका १६ जना नेपालीको उद्धार 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय