मलेसियामा तीन क्षेत्रको काममा बंगलादेशीका लागि खुल्ला गरिएको घोषणा  

काठमाडौं, असोज १३ 

गत बर्ष नेपालले फ्रिभिसा, फ्रिटिकटको निर्णय लागु गरेपछि कामदारका लागि बंगलादेश ताकेको मलेसियाले अन्ततः तीन क्षेत्रमा बंगलादेशी कामदारलाई खुल्ला गरेको छ । कारखाना, निर्माण र कृषि क्षेत्र बंगलादेशी कामदारका लागि खुल्ला गरिएको सरकारी अधिकारीहरुलाई उधृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन् । 

मलेसियाले बंगलादेशी दुतावासलाई बंगलादेशी कामदार लिन मलेसियाले सुरु गर्ने जानकारी दिइसकेको छ मलेसियाका आप्रवासी कामदार हेर्ने मन्त्रालयका सहसचिव अव्दुर रौफले भनेका छन् । बंगलादेशका मेनपावर कम्पनीहरु मार्फत कामदार लिने योजना बनाइएको उनको भनाई छ । रोजगारदाताले अनलाईन मार्फत नै कामदारको मागपत्र पठाउने उनले बताए । बंगलादेशी कामदारले मासिक २३ हजार देखि २५ हजारसम्म न्यूनतम तलव प्राप्त गर्ने उनको भनाई छ । त्यसका लागि कामदारको ६८ हजारको हाराहारी लागत पर्ने उनको भनाई छ । 

मेनपावर कम्पनीले ठगि नगरुन् भनेर अनुगमनलाई बलियो बनाउन एक संयन्त्र निर्माण गरिने र त्यसले सम्पूर्ण भर्ती प्रकृयाको अनुगमन गर्ने सरकारी अधिकारीको भनाई छ । बंगलादेशी मेनपावर एसोशिएसनका अध्यक्ष वेनजीर अहमदले मलेसियामा रोजगारी खुल्ला गरिएको जानकारी पाएपनि हालसम्म आफूहरुले कामदारको माग भनें प्राप्त गरिनसकेको बताएका छन् । उनले छिट्टै माग प्राप्त हुने आशा प्रकट गरे । उनका अनुसार मलेसियाका रोजगारदाताले कामदारको लेभी तिर्नेछन् भनें कामदारले हवाई टिकट, राहदानी, स्वास्थ्य परिक्षण तथा अध्यागमनमा लाग्ने खर्चहरु व्यहोर्ने सम्झौता भएको छ । 

मलेसिया र बंगलादेशबीच कामदार पठाउने विषयमा गत फेब्रुअरी अन्त्यमा एमओयू भएको थियो । हाल मलेसियामा ६ लाख बंगलादेशी कामदार निर्माण र कृषि क्षेत्रमा कार्यरत छन् । 

यो पनि पढ्नुहोस् 

‘खुट्टा भाँचियो, कम्पनी काम गर भन्छ’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय