राजदुतलाई छानविन गरी कारवाही गर्न माग 

काठमाडौ, १० असोज

आतंककारीको अभियोग लगाएर मलेसियाबाट नेपाल डिपोर्ट गरिएका एनआरएन मलेसियाका पूर्व अध्यक्ष महेन्द्रजंग शाहले मलेसियाका लागि नेपाली राजदुत निरञ्जनमान सिंह बस्नेतले गरेको भ्रष्टाचार र अनियमितताको विरोध गर्दा आफूलाई गम्भिर आरोप लगाएर डिपोर्ट गराएको दावी गरेका छन ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले मलेसियामा बस्ने नेपालीहरुलाई नेपाल फिर्ता गर्नका लागि मलेसियाका लागि नेपाली राजदूत डा. निरन्जनमान सिंह बस्नेतले गैरकानुनी तवरबाट मलेसियाको कोप्रासी नामक गैरसरकारी संस्थालाई ठेक्का दिई दुतावासकै परिसरमा कार्यालयका लागि निःशुल्क ठाउँ उपलब्ध गराई सो संस्थालाई बुझाएको १२ सय ५० रिंगिटको रसिद दिने तर २१ सय रिंगिटसम्म भुक्तानी लिई नेपाली नागरिकलाई ट्राभल्स डकुमेन्ट दिने निर्णयको विरोध गरेको लगायतका कारणले इवी साँध्न गम्भिर आरोपमा फसाउन खोजेको बताए ।

शाहले भने,‘राजदुतले कोप्रासी संस्थासँग मिलेर भ्रष्टाचारगरेको भनी सोको विरुद्धमा एनआरएनए मलेसियाको निवर्तमान महासचिव सुनिल चालिसेले रु. ३६ करोड घोटालासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दायर गरेकोमा सो मुद्दा फिर्ता गराउन दवाव दिएको तर सो मुद्दा फिर्ता नभएको बताए । यसैगरी नेपालबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव र श्रम विभागका महानिर्देशकसहितको टोली मलेसिया गएको बखत राजदूतको उक्त क्रियाकलापको भण्डाफोर गरेकोमा त्यसको ईवि राजदुतले साँधेको उनको भनाई थियो । उनले  राजदुत बस्नेतका कारण मलेसिया प्रहरीले पक्राउ गरेपनि आफू विरुद्ध कुनै प्रमाण नभएपछि छोडेको तर मलेसिया प्रवेशमा आफूलाई ५ वर्षसम्म रोक लगाई त्यहाँ रहेको सबै चलअचल सम्पत्ति रोक्का राखेको बताए । 

प्रहरीले नेपाल उत्रेपछि पक्राउ गरेर महानगरीय प्रहरी परिसर, काठमाडौंमा लगेर ११ दिनसम्म अनुसन्धानका लागि थुनामा राखेर अनुसन्धान गर्दा कुनै कसुर फेला पार्न नसकेपछि चार हजार  धरौटीमा छोडिएको उनको भनाई थियो । 

शाहले आफू दोषी ठहरिएजस्तोसुकै सजाय भोग्न तयार रहेको भन्दै एक निर्दोष नेपालीलाई विनाकारण यति ठूलो आरोप लगाउने र फसाउने षडयन्त्र बुन्ने राजदूत डा. निरन्जनमानसिंह बस्नेत र उनका मतियारहरुलाई सरकारले तुरुन्त छानविन गरी कारबाही गर्नु पर्ने माग गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय