काठमाडौं, असोज ९
श्रम तथा रोजगार मन्त्रालयले बैदेशिक रोजगार ऐनको नयाँ मस्यौदा लगभग तयार पारेको छ । श्रोतका अनुसार त्यसमा यसअघिको ऐनका कतिपय विषयहरु कामदार मैत्री छन् । श्रोतका अनुसार नयाँ ऐनमा मेनपावर कम्पनीको धरौटी रकमलाई ३० लाखबाट बृद्धि गरेर १ करोड बनाउन प्रस्ताव गरिएको छ । यसैगरी कामदारसँग रकम लिंदा अनिवार्य रुपमा बैंक खाता मार्फत मात्र लिन पाइने व्यवस्था गरिएको छ ।
मन्त्रालयका अधिकारीका अनुसार तयार पारिएको मस्यौदालाई छिट्टै मन्त्रीपरिषदमा पठाइनेछ । नयाँ ऐनले धेरै विषय पारदर्शी बनाउने अपेक्षा गरिएको ति अधिकारीले बताए । तर ऐन मस्यौदा समितिका सदस्य सचिव रहेका मन्त्रालयका उपसचिव अर्जुन खनालले यो हाल छलफलकै क्रममा रहेको बताए । उनले मस्यौदा बुझाउन तयार अवस्थामा रहेको भएपनि यसलाई अन्तिम रुप दिई समिति सदस्यहरुको हस्ताक्षर गर्न बाँकी नै रहेको बताए ।
काठमाण्डु पोष्टबाट
यो पनि पढ्नुहोस्
मलेसिया कामदारलाई दासको व्यवहार गर्नेमा ५० औं स्थानमा, कुन हुन खराब मुलुकहरु ?
