काठमाडौ, असोज २- जिफन्ट सहयोग समुह, साउदी अरेबियाको प्रथम राष्ट्रिय अधिवेशन दमाममा सम्पन्न भएको छ । साउदी अरबका लागि नेपाली श्रम सहचारी अम्बिका प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा दूतावासका कर्मचारीहरु, विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारीहरु सहभागि थिए ।
अधिवेशनमा जिफन्ट प्रतिनिधि राज तामाङले साँगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिवेशनले शम्सेर बहादुर तामाङको अध्यक्षतामा २१ सदस्यीय जिफन्ट सहयोग समुह, साउदी अरेबिया सर्वसम्मत रुपमा गठन गरेको छ ।
कमिटीको प्रथम उपाध्यक्ष बुद्धिमान विश्वकर्मा, उपाध्यक्ष जीवराज बेलबासे, महासचिव खेम बहादुर खुलाल, सचिवद्धय श्याम विश्वकर्मा र राजन नेपाली, कोषाध्यक्ष धनिक लाल महतो तथा सहकोषाध्यक्ष शेषकान्त पुरी रहेका छन् ।
सदस्यहरुमा ज्ञान बहादुर खाती, मेघा बस्नेत, ईन्द्र लामा, मनोज मगर, बिनोद रसाइली, भीम बहादुर परियार, मानदेव केसी रहेका छन् । यसैगरी अन्य सदस्यहरुमा भीम बहादुर श्रेष्ठ, तिर्थ नेपाली, डम्बर नेपाली, दल बहादुर बिक तथा ललित मण्डल चुनिएका छन् । अधिवेशनले देव लामालाई वरिष्ठ सल्लाहकार चयन गरेको छ । अधिवेशनमा १ सय ३० भन्दा बढि श्रमिकहरुको सहभागिता थियो ।
-साउदीबाट राज तामाङ
यो पनि पढ्नुहोस्
जोया, नेपाली मन र फेसबुके प्रवृति
