बैदेशिक रोजगारमा रहेकालाई पनि सामाजिक सुरक्षा दिन साँसदहरुले उठाए आवाज

 

काठमाडौं, भदौ २९ 

बैदेशिक रोजगारीका क्रममा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षा ऐनले समेट्नु पर्ने भन्दै साँसदहरुले विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका छन् । साँसदहरु पेम्वा लामा, प्रभा बज्राचार्य तथा शिवकुमारी गोतामे सार्कीले संशोधन दर्ता गराएका हुन् । 

गत आइतवार संसदमा सरकारले दर्ता गरेको सामाजिक सुरक्षा विधेयक २०७२ मा अन्तिम दिन संशोधन दर्ता गराउँदै उनीहरुले विधेयकले बैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा नसमेटेको भन्दै उनीहरुलाई पनि समेट्नु पर्ने बताएका हुन् । 

साँसदहरुले दर्ता गराएको संशोधन प्रस्तावमा विधेयको दफा १ को उपदफा २ मा यो ऐन विदेशको कानून बमोजिम सामाजिक सुरक्षा लागु भएकोमा बाहेक नेपाल कानून बमोजिम स्थापना भएको प्रतिष्ठानबाट नियुक्ति पाई नेपाल बाहिर कार्यरत नेपाली नागरिक तथा वैदेशिक रोजगारमा रहेका श्रमिकहरुको हकमा समेत लागु हुनेछ भन्ने व्यवस्था गर्न माग गरिएको छ । 

यसैगरी विधेयकको परिच्छेद ३ को दफा १३ मा पनि सोही अनुरुप बैदेशिक रोजगारीमा रहेका श्रमिक थप्न साँससदहरुले संशोधन दर्ता गराएका छन् । संशोधन प्रस्ताव दर्ता पश्चात साँसद लामाले सामाजिक सुरक्षा ऐनले बैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि समेट्नु पर्ने आवश्यकता महशुश गरेर आफूहरुले संशोधन प्रस्ताव दर्ता गराएको बताइन् । उनले विधेयकले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार श्रमिकलाई समेत समेट्ने भएका कारण कुनै मोडालिटी अपनाएर बैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि समेट्न सकिने बताइन् । हाल प्रधानमन्त्री लगायतले सस्तोे लोकप्रियताका लागि बैदेशिक रोजगारमा रहेका व्यक्तिलाई आकर्षित गर्नेखालका भाषण गरिरहेको भन्दै भाषण भन्दा पनि सामाजिक सुरक्षामा उनीहरुलाई समेट्न ध्यान दिनुपर्ने तर्क गरिन् । उनले बैदेशिक रोजगारीका क्रममा रहेका श्रमिकले आफूले गर्नेपर्ने योगदान विदेशस्थीत नियोगहरु मार्फत पठाउन सक्ने धारणा राखिन् । यसले बैदेशिक रोजगारीमा रहेका श्रमिकलाई ठूलो राहत मिल्ने साँसद लामाको भनाई छ ।  

लामो छलफल पश्चात सामाजिक सुरक्षा विधेयक संसदमा दर्ता भएको छ । सो विधेयक पारित भएमा यसले श्रमिकका लागि ठूलो मद्धत गर्ने अपेक्षा गरिएको छ ।  

एक नेपाली महिलाद्धारा झुण्डिएर आत्महत्या

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय