काठमाडौं, भदौ २२ – नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर २९ रुपैंयाँ १५ पैसा र विक्रि दर २९ रुपैंयाँ ३२ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ९० पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ६ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ३१ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ४७ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ १ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ १६ पैसा छ । बहुसंख्यक नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्राको मूल्य बृद्धि हुँदा धेरैलाई फाइदा हुन्छ । पछिल्लो केहि समययता रिंगिटको सटही दर २६ रुपैयाँ भन्दा केहि माथि छ । केहि महिना अगाडी २७ रुपैयाँ भन्दा माथि पुगेको रिंगिटको सटही दर घटेको र २६ मा आइपुगेको हो ।
यसैगरी कुवेती दिनारको खरिददर ३५१ रुपैंया ६३ पैसा छ भनें विक्रि दर ३५३ रुपैंयाँ ६१ पैसा छ । बहराइन दिनारको खरिददर २८१ रुपैंयाँ ५८ छ भनें विक्रि दर २८३ रुपैंयाँ १७ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।