रियाद – नेपालबाट घरेलु कामदारको रुपमा काम गर्न नेपाली महिलालाई अवैधानिक रुपमा साउदी अरव ल्याउने कार्य निरन्तर चलिरहेको भन्दै साउदीस्थीत नेपाली दुतावासले सम्वन्धित निकायको ध्यानाकर्षण गराएको छ । त्यसरी ल्याइएका महिला विभिन्न समस्यामा पर्ने गरेको दुतावासले जनाएको छ ।
दुतावासले प्रेस विज्ञप्ती जारी गर्दै त्यसरी समस्यामा परेर दुतावासको सेल्टरमा ११ जना नेपाली महिला बसिरहेको उल्लेख गरेको छ । यसैगरी घरेलु कामदार सम्वन्धि विषय हेर्ने साउदीको सरकारी कार्यालयमा १३ जना रहेको दुतावासको भनाई छ ।
समस्यामा परेर आउने नेपाली महिलाको संख्या दिनप्रतिदिन बृद्धि भइरहेको भन्दै गैरकानूनी रुपमा महिला कामदार पठाउने जस्तो संवेदनशिल विषयलाई नियन्त्रण गर्न प्रयास गर्न दुतावासले आग्रह गरेको छ ।
