युएईमा नेपालीको अर्को व्यवसाय सुरु 

लक्ष्मण खनाल, युएई, साउन ३० 

नेपाली युवाहरु शंकर प्रसाद न्यौपाने र गणेश पाण्डेको संयुक्त लगानीमा युएईको दुबई स्थित अलकुज औद्योगिक क्षेत्रमा खोलिएको जिकेएस टायर फिक्सिङ एण्ड विह्लि अलाइमेन्ट सर्भिसेज एलएलसीको उद्घाटन भएको छ ।

युएईमा रहेका विभिन्न व्यवसायीहरु, सामाजिक संघ संस्थाका प्रतिनीधिहरु, पत्रकारहरुको उपस्थितीमा प्रिन्सेस कोइराला, नेपाली विजनेस काउन्सील युएईका कोषाध्यक्ष एकेन्द्र बहादुर थापा र नेत्र शर्माले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरे । उद्घाटन कार्यक्रम सञ्चालन गर्दै लुम्बिनी वेलफेयर सोसाइटिका अध्यक्ष गितामणी पाण्डेले सफलताको शुभकामना दिएका थिए । 

नेपालीको लगानीमा खोलिएको उक्त कम्पनीमा नयाँ पुराना गाडी सम्बन्धि सम्पुर्ण कार्यहरु हुने र नेपाली ग्राहकहरुलाई विशेष छुटमा सेवा दिइने सञ्चालक शंकर न्यौपानेले बताए । न्यौपाने विगत ११ बर्ष देखि युएईमा कार्यरत छन् । उनी सामाजिक क्रियाकलापमा पनि संलग्न रहेका छन । उनी स्याङजा सहयोग समाज युएईका प्रवक्ता तथा श्रीकृष्ण गण्डकी सहयोग समाजका अध्यक्ष हुन् भने गणेश पाण्डे व्यवसायको उद्देश्य लिएर भर्खरै युएई आएका हुन ।

www.facebook.com/deshparadesh  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय