काठमाडौं, असार २९ -नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ ४२ पैसा र विक्रि दर २९ रुपैंयाँ ५९ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ १७ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ३३ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ५७ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ७३ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ ९४ पैसा भनें विक्रि दर २७ रुपैंयाँ ९ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य २७ रुपैंयाँ आसपासमा नै केहि समययता कारोवार भइरहेको छ । बहुसंख्यक नेपाली कामदार कार्यरत मुलुकको मुद्राको मूल्य बृद्धि हुँदा धेरैलाई फाइदा हुन्छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५४ रुपैंया ६२ पैसा छ । बहराइन दिनारको खरिददर २८३ रुपैंयाँ ९१ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस्
‘खै किन हो मलेसियाबाट उहाँ फोन पनि गर्नुहुन्न’
