दुवईमा सिकेको सीप, नेपालमा काम लाग्यो 

दुवई- १७ वर्ष दुबईमा काम गरेको अनुभवका आधारमा स्याङ्जा श्रीकृष्णगण्डकी–३ का पूर्णचन्द्र न्यौपानेले बुटवलमा केक हाउस खोलेका छन् । भारतमा केही समय काम गरेर आर्थिक अवस्था सुधारका लागि श्रमिकका रूपमा दुबई छिरेका न्यौपानेले नेपाल फर्किंदा पैसामात्र होइन, सीप पनि लिएर फर्किए ।

उनको सीप र मेहनतले आर्थिक अवस्था त सुध्रिएको छ नै, उनको जीवनले नै कोल्टे फेरेको छ । सिकेको सीप र अनुभव व्यवसायमा लगाउँदै स्वदेशमा नै जम्ने प्रयास गरिरहेका छन् न्यौपाने अहिले ।

रोजगारीका लागि न्यौपानेले दुबई र भारतमा गरेर २१ वर्ष बिताए । मुम्बईमा होटलमा काम गर्दा थुप्रै काम सिके । होटलकै साहुको सहयोगमा दुबई गए र थप काम सिके । “कहिले भोकै पनि बसियो । कहिले तातो ठाउँमा पनि सुतियो । जे होस्, अहिलेको सफलताले विगतका सबै दुःख बिर्साएको छ,” न्यौपाने भन्छन् ।

बुटवलमा हुने विवाह, जन्मदिन आदिको पार्टीमा आफूले नै केक सप्लाइ गर्ने गरेको आफ्नो उत्पादनबाट ग्राहक सन्तुष्ट भएको न्यौपाने बताउँछन् । बुटवलमै केक बनाउने बेकरी तालिम दिन ट्रेनिङ सेन्टर खोल्ने उनको योजना छ ।

केही वर्षयता विदेशमा सिकेको सीप र कमाएको पैसा स्वदेशमा लगानी गर्ने युवाको संख्या बढेको छ । विदेशमा सिकेको प्राविधिक तथा व्यावसायिक सीपलाई नेपालमा प्रयोग गर्नेले पैसा कमाएका उदाहरण धेरै छन् । सरकारले पनि विदेशमा हासिल गरेको सीपअनुसार नेपालमा लगानी गर्न चाहने युवालाई लक्षित गरेर विभिन्न योजना ल्याएको छ ।

कारोवारबाट 

यो पनि पढ्नुहोस

श्रीमान् साउदीमा र श्रीमति नेपालमा कमाउँदै 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय