फ्रीभिसा, फ्रीटिकटका पक्षमा विदेशीले पनि थाले ऐक्यवद्धता अभियान

काठमाडौं, चैत्र ३० 

बैदेशिक रोजगारमा जाने कामदारका लागि सुरु गरिएको फ्रीभिसा, फ्रीटिकट तथा सेवा शुल्क बढाउन नपाइने अभियानमा स्वदेशीसँगै अव विदेशीले पनि ऐक्यवद्धता जनाउन थालेका छन् । सुरक्षित बैदेशिक रोजगारका क्षेत्रमा कृयाशिल संस्था माइग्रेण्ट फोरम एसिया(एमएफए) ले यो अभियानमा ऐक्यवद्धता जनाउँदै तस्वीरहरु सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको छ । एमएफए फिलिपिन्समा दर्ता रहेको गैरसरकारी संस्था हो र यसले दक्षिण एसियामा पनि काम गर्दै आएको छ । 

देश परदेश डटकमले झण्डै तीनसाता यता म कामदारको पक्षमा भन्ने अभियानकै निरन्तरताका रुपमा एमएफएले सोही प्रकृतिका तस्वीरहरु सामाजिक सञ्जालमा राख्दै नेपाली कामदारको पक्षमा उभिन सवैलाई आव्हान गरेको छ । यसअघि एमएफएले नेपालमा सरकारलाई पूर्व निर्णय परिवर्तन गर्न म्यानपावर व्यवसायीहरुले दवाव दिइरहेको भन्दै त्यसो विपक्षमा उभिन सार्वजनिक आव्हान पनि गरिसकेको छ । 

गत असारदेखि सरकारले खाडीका ६ मुलुक र मलेसिया जाने कामदारका लागि फ्रीभिसा, फ्रीटिकटमा मात्र पठाउने निर्णय गर्दै व्यवसायीले कामदारसँग रोजगारदाताबाट सेवा शुल्क नपाएको अवस्थामा मात्र अधिकतम १० हजार लिन पाउने व्यवस्था गरेको थियो । सो व्यवस्था उल्ट्याउन तथा सेवा शुल्क बृद्धिका लागि हाल बैदेशिक रोजगार व्यवसायीहरुले दवाव दिंदै आएका छन् । त्यसको विपक्षमा बैदेशिक रोजगारमा रहेकाहरु तथा उनीहरुका परिवारले पनि दवावमूलक अभियान सञ्चालन गरिरहेका छन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय