मलेसियाको रेडियोबाट बज्ने भयो नेपाली कार्यक्रम

सुदीप निउरे, चैत २९, क्वालालम्पुर- मलेसियामा नेपाली भाषाको रेडियो कार्यक्रम सञ्चालन हुने भएको छ । मलेसियास्थित नेपाली राजदुतावासले रेडियो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो । कार्यक्रम आगामी बैशाख ५ गते देखि सप्ताहिक रुपमा सञ्चालन हुने छ । प्रत्येक आइतवार साझ ८ बजेको समाचार पछि ९ बजेसम्म करिब १ घण्टा नेपाल सन्देश नामक रेडियो कार्यक्रम प्रशारण हुने भएको हो । झन्डै आठलाख नेपालीहरु रहेको मलेसियामा सञ्चालन हुन गैरहेको रेडियो कार्यक्रम प्रभाबकारी हुने यहास्थित राजदुतावासले बिस्वास लिएको छ । मलेसियाको राष्ट्रिय समाचार संस्था अन्तर्गतको “रेडियो बर्नामा” र नेपाली राजदुतावास विच रेडियो कार्यक्रम सन्चालन सम्बन्धी सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा मलेसियाका लागि नेपाली राजदुत डा. निरन्जनमान सिंह बस्न्यात र बर्नामाका प्रधान सम्पादक दातुक जाकरीया अब्दुल वहावले हस्ताक्षर गरे । नेपाल सन्देश रेडियो कार्यक्रम रेडियो वर्नामा क्लाङ्ग भ्यालीमा ९३.९ मेघाहर्जमा, जोहोर क्षेत्रमा १०७.५ मेघाहर्जमा, कुचिङ्गमा १००.९ मेघाहर्जमा र कोताकिनावारुमा १०७.९ मेघाहर्जमा सुन्न सकिनेछ । समझदारी पत्रमा हस्ताक्षर गर्दै राजदुत डा. वस्न्यातले नेपाली इतिहासमा यो अत्यन्तै महत्वपुर्ण क्षण रहेको र यसले दुई देशको दौत्य सम्वन्धलाई अझ प्रगाढ वनाउने बिस्वास ब्यक्त गरे । मलेसियामा ठूलो संख्यामा रहेका नेपाली श्रमीकहरुलाइ बिभिन्न सूचना, स्वास्थ्य सन्देश मूलक जानकारी संगै मनोरञ्जन दिने उनले बताए ।

सोहि कार्यक्रमकै भित्र केहि समयमा स्थानीय मलायु भाषामा नेपालको पर्यटन सम्बन्धी सामाग्री पनि प्रशारण गरिने राजदुत वस्न्यातले जानकारी दिए । रेडियो कार्यक्रमबाट नेपालीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने राजदुत वस्न्यातले बताए । यस कार्यमा सहयोग गर्ने बर्नामा रेडियोलाई राजदूत बस्न्यातले आभार ब्यक्त गरे । बर्नामाका अध्यक्ष दातुक सेरि अजमान उजाङले नेपालीहरु विभिन्न क्षेत्रमा काम गरेका र गुर्खाज नामले विश्वमा चिनिएको बताए । बर्नामा रेडियोमा नेपाली भाषाको नेपाल शन्देस कार्यक्रम प्रस्तुत हुन लागेकोमा आफू अत्यन्तै खुशी भएको उनले थपे ।

बर्नामा रेडियोका सल्लाहकार दातुक सयद जमील सयद जाफर, बर्नामा टिभी तथा रेडियोका प्रमुख तथा पत्रकारहरु, नेपाली राजदूतावासबाट श्रम सहचारी बुद्धिनाथ भट्टराई, द्धितीय सचिवहरु उत्तम शाही र प्रेमराज गौतम सहभागी थिए ।

को हुन त नेपाल सन्देश कार्यक्रमका सन्चालकहरु ?

कार्यक्रम नेपाल सन्देश हाल मलेसियामा रहेका दुइ जना अनुभवि पत्रकारले सन्चालन् गर्ने छन् । पत्रकार रवि भट्ट तथा रामचन्द्र नेपालले सम्युक्तरुपमा कार्यक्रम संञ्चालन गर्ने भएका हुन् । पत्रकार भट्टसँग राजधानी दैनिक, लोकतन्त्र सन्देश चितवन, रेडियो अर्पण चितवन, माउन्टेन टेलीभिजन लगायत संचारसस्थामा काम गरेको अनुभब छ भने हाल उनी उद्दार् मासिकको प्रधान सम्पादक तथा दैनिक पोस्ट अनलाइनको कार्यकारी सम्पादक हुन् ।

यस्तै पत्रकार नेपालले ग्रामीण तथा बिकाश पत्रकारीतामा लामो समय कलम चलाएका छन् । यस्तै नेपालले रेडियो मदनपोखरामा आबद् भएर लामो समय काम गरे भने बिगत ६ बर्षदेखि मलेसियाबाट अनलाइन खबरको सम्बाददाताको रुपमा काम गर्दै आएका छन् । पत्रकार नेपाल पिएनसिसि नामक एक सामाजिक सस्थाको बाह्य सम्पर्क अधिकृत हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय