अर्जुन बराल सोल
गत बर्षको भूकम्प पश्चात दक्षिण कोरिया स्थीति नेपाली दुतावासले नेपालमा पठाएको सहयोग रकम र नेपालमा जम्मा भएको रकममा फरक परेको छ ।
भूकम्प पश्चात प्रधानमन्त्री दैबि प्रकोप उद्दार कोषमा दक्षिण कोरियास्थित नेपाली दुतावासले कोरियन एक्सचेन्ज बैङ्क(केईबि) मा अर्थक्वेक रिलिफ फन्ड नामक खाता नं. ६११–०२५९३३–९७९ खोली आर्थिक संकलन गरि प्र्रधानमन्त्री दैबि प्र्रकोप उद्दार कोषमा पठाएको थियो । तर त्यहाँ जम्मा भएको भनिएको र नेपालमा पठाइएको रकममा भनें फरक परेको छ ।
भूकम्प पश्चात नेपाल सरकारका बिदेशमा रहेका कुटनीतिक नियोग मध्ये सबैभन्दा पहिला नेपाली दुतावास कोरियाले बैसाख २४ गते १ लाख ८२ हजार २ सय २९ अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ १ करोड ८४ लाख ६८ हजार ९ सय ८१ जम्मा गरेको थियो । सो रकम मध्ये दुतावासमा कार्र्यरत पाँचजना कुटनीतिक कर्मचारीबाट एकमहिना बराबरको तलब सहयोग गरिएको भनिएको छ ।
तर कोरियास्थीति नेपाली दुतावासले नेपालमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको भनिएको रकम मिल्दैन । हेरौ प्रधानमन्त्री दैबी प्रकोप उद्दार कोषमा नेपाली दुतावास कोरियाबाट जम्मा भएको आर्थिक बिबरण
नेपाली दुतावासले हालसम्म आठ पटकसम्म प्रधानमन्त्री दैबीप्रकोप उद्दार कोषमा १७ लाख ३२ हजार पाँच सय एकानब्बे डलर अर्थात १७ करोड ६९ लाख १५ हजार चार सय पचासी रुपैयाँ एकानब्बे पैसा जम्मा गरेको देखिन्छ तर दुतावासले भने जम्मा १६ लाख ७८ हजार छ सय ३१ डलर जम्मा गरेको देखाएको छ । हेरौ भुकम्प पिडीतका लागि नेपाली राजदुतावास दक्षिण कोरियाबाट संकलीत भई प्रधानमन्त्री दैबी प्रकोप राहत कोषमा पठाईएको रकम सम्बन्धी बिबरण जसलाई दुतावासले आफनो वेभसाईट मार्फत सार्बजनिक गरेको छ

यसरी यि दुबै तथ्याङ्क हेर्र्दा प्रधानमन्त्री दैबी प्रकोप राहत कोषमा नेपाली दुतावास दक्षिण कोरियाले २९ पौष २०७२ मा जम्मा गरिएको भनिएको छ्यालीस हजार बयालीस् डलर कहि कतै देखिदैन भने दुतावासको वेभसाईटमा पनि २०७२ साउन १४ गते प्रधानमन्त्री दैबी प्रकोप राहतकोषमा जम्मा गरिएको एकलाख डलर कहि उल्लेख गरिएको देखिदैन ।
यसैलाई आधार मान्ने हो भने कुन र के कति कारणबाट फरक गर्न गयो त ५३ हजार नौ सय ६० डलर ? यस बिषयमा कोरिया स्थीति नेपाली दुतावासका द्धितिय सचिवले दुतावासको बेभसाईटमा रहेको तथ्याङ्कनै आधिकारिक रहेको बताए । उनले कोरियास्थीत दुतावासबाट नभई नेपालबाट नै तथ्याँक फरक परेको हुनसक्ने बताए ।
यस बारेमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता रहेका सहसचिव बिनोदबहादुर कुँवरसँग सोध्दा यसरी फरक नपर्नुपर्ने भन्दै यसबारेमा बुझेर जानकारी दिने बताए ।
