‘खवरदार, म्यानपावर कम्पनीले चाहे अनुसार गर्न पाइन्न’

 

जीवन श्रेष्ठ, रामेछाप, चैत्र १५

बैदेशिक रोजगारीबाट फर्केकाहरु र आप्रवासी कामदारका परिवारले सरकारलाई हाल लागु गरेको फ्रिभिसा, फ्रिटिकटबाट पछि नफर्कन आव्हान गरेका छन् । सोमवार रामेछापका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल मार्फत श्रम तथा रोजगार मन्त्री दीपक बोहोरालाई ज्ञापनपत्र पठाउँदै उनीहरुले खवरदारी गरेका हुन् । 

उनीहरुले हाल म्यानपावर कम्पनीहरुले कार्यालय बन्द गरेर सरकारलाई दवाव दिंदै यसअघिको निर्णय उल्ट्याउने प्रयास गरिरहेको भन्दै त्यसको विरुद्धमा खवरदारी गर्ने ठूलो शक्ति मैदानमा रहेको प्रष्ट पारेका छन् । व्यवसायीहरुले संसदको अन्तरािष्टय श्रम सम्वन्ध समितिलाई समेत प्रभावका पारेर यसअघिको निर्णय फेरव दगर्ने प्रयास भइरहेको तर्फ आफूहरु सचेत रहेको जानकारी गराएका छन् । 

ज्ञापनपत्रमा व्यवसायीको आन्दोलनका कारण बैदेशिक रोजगारीमा जान चाहने धेरै व्यक्तिको पासपोर्ट उनीहरुको कव्जामा रहेको भन्दै त्यसतर्फ पनि ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । 

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र तदर्थ समितिका तर्फबाट बुझाइएको सो ज्ञापन पत्र मार्फत उनीहरुले सरकारलाई यसअगाडी गरिएको निःशुल्क भिसा र टिकटको निर्णयबाट नडगमगाउन आग्रह गरेका छन् । यसैगरी म्यानपावर कम्पनीहरु लामो समयदेखि बन्द रहेका कारण बैदेशिक रोजगारीमा जाने उद्धेश्यले पासपोर्ट बुझाएर बसेका युवाहरु हतास भइरहेको भन्दै यसलाई चाँडो टुँग्याउन समेत उनीहरुले आग्रह गरेका छन् । 

देशपरदेश डटकमले अघिल्लो हप्तादेखि म कामदारको पक्षमा अभियान सञ्चालन गरिरहेको छ । सो अभियानमा स्वदेश र विदेशबाट सयौं व्यक्तिले सन्देश सहितको फोटो पठाएर कामदारको पक्षमा आवाज उठाइरहेका छन् ।

हेर्नुहोस् तस्वीरहरु   

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय