ठग म्यानपावर कम्पनीहरुको विरुद्ध उत्रिए सप्तरीवासी 

राजविराज, चैत्र १४ – सरकारले हाल ७ वटा देशमा लागु गरेको न्यूनतम लागतबाट पछि नहट्न दवाव दिंदै सप्तरीको राजविराजमा प्रदर्शन भएको छ । वैदेशिक रोजगारीमा बढेको ठगी नियन्त्रण हुनुपर्ने भन्दै आप्रवासी कामदार हकहित संरक्षण केन्द्र, सप्तरीले र्याली गरेको हो । 

फ्रिभिसा तथा फ्रिटिकटबाट सरकार पछि नहट्न तथा ठग म्यानपावरलाई गरेको पुलिस कारवाही तिव्र गर भन्दै सप्तरीको सदरमुकाम राजविराजमा र्याली निकालिएको हो । 

आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका अध्यक्ष जयविन्द सिंहको अगुवाईमा  नगरको बिभिन्न ठाउँमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यलयमा पुगेर जुलुसले प्रमख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझायो । ज्ञापन पत्रमा सरकारले गरेको फ्रिभिसा, फ्रिटिकटबाट पछि हट्न नहुने, कामदार ठग्ने म्यानपावरलाई कारवाही गरिनुपर्ने लगायतका बुँदाहरु रहेका छन् । यसैगरी कामदारको पक्षमा प्रहरीले सराहनिय काम गरेको भन्दै केन्द्रले जिल्ला प्रहरी कार्यालय, सप्तरी मार्फत सिंगो प्रहरी संगठनलाई धन्यवाद पत्र समेत बुझाएको छ । 

तस्वीरहरुः अशोक साह तथा रामप्रमेश मण्डल, सप्तरी

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय