युएई- गैर आबासिय नेपाली संघ, युएई (एनआरएनए, युएई) को बिशेष पहलमा नेपाली दुताबास अबुधाबीमा आगामी मार्च ११ शुक्रबारका दिन एक दिने निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन हुने भएको छ ।
नेपाली दुताबासको समन्वय तथा सहकार्यमा अहलिया हस्पिटल द्धारा आयोजना गरिएको उक्त निःशुल्क स्वास्थ्य शिबिरमा युएईमा रहेका श्रमिकहरुलाई लक्षित गरिएको एनआरएनए युएईका उपाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन । ू हामी २०० जना भन्दा बढी श्रमिकहरु जो सँग इन्सुरेन्स सुबिधा छैन उनीहरुलाई फोकस गरेर यो कार्यक्रम गर्दैछौू श्रेष्ठले भने, ‘यो निशुल्क स्वास्थ्य शिबिरले इन्सुरेन्स सुबिधा नभएका वास्तविक श्रमिकहरुलाई सहयोग पुग्ने छ भन्ने विश्वास लिएका छौ ।’ उक्त निशुल्क स्वास्थ्य शिबिर सन्चालन गर्नको लागि राजदुत धनन्जय झाको बिशेष सहयोग रहेको श्रेष्ठले बताएका छन ।
शिबिरमा रक्त जाँच, मुटु, अर्थोपेडिक, ग्यास्ट्रिक तथा अन्य रोगहरुको निःशुल्क जाँच तथा उपचार गरिने अहलिया अस्पतालले बताएको छ ।
त्यसैगरी एनआरएन युएईले बिबिध कार्यक्रम गर्दै फेब्रुवरी महिनालाई जनचेतना अभियान महिनाको रुपमा मनाएको छ । गत २६ फेब्रुबरीमा एकै दिन अलकोज र जाबिल अली दुई स्थानमा जनचेतनामुलक कार्यक्रम गर्दै समापन गरिएको एनआरएन युएईका प्रबक्ता बाल कृष्ण मरासिनीले जानकारी गराएका छन । यूएईका नेपालीहरुलाई यहाँको कानुन, नीति नियम, दण्ड, जरिवाना, स्वास्थ्य तथा विविध जानकारी दिने उदेश्यले उक्त अभियान सञ्चालन गरिएको प्रवक्ता मरासिनीले बताए ।
यस अघि फेब्रुवरीका हरेक शुक्रबार फुजेरा, रास अल खेमा, सारजाह, अबुधाबी, अलऐनमा पनि यस्तै अभियान आयोजना गरिएको थियो । फेब्रुवरीको अन्तिम शुक्रबार एनआरएन दुबई क्षेत्रीय समितिको पहलमा अलकुजको अल जफर कम्पनी र जवेल अलीको क्युबिजी कम्पनीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्कीको नेतृत्वमा रहेको एनआरएन युएईले श्रमिकहरुको हीतमा हरेक शुक्रबार बिबिध कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ भने अहिले आएर नेपाली दुताबास समेत युएईमा निकै सकृय देखिएको छ । एनआरएनले सञ्चालन गरेको कार्यक्रमहरुमा दुताबासको उपस्थितीले युएईका हरेक कुनामा रहेका श्रमिकहरु खुशी देखिएका छन ।
