के यस्तो स्वास्थ्य समस्याले वैदेशिक रोजगारीमा जान रोकिन्छ ?

प्रश्नः मेरो नाम उमेश थापा हो । मेरो घर रुपन्देही । म ईपिएस परिक्षा पास गरेर कोरिया जान पर्खिरहेको छु । तर स्वास्थ्य जाँचमा मेरो छातीमा दाग छ भन्ने रिपोर्ट आएको छ । म कोरिया जान सक्छु की सक्दिन होला ? उत्तरः एक्स–रे मा कुनै दाग देखिएको छ भनें तपाई विदेश जानु हुन्न । किनभनें यसभन्दा अगाडी पनि केहि व्यक्तिलाई छातिमा दाग छ भन्ने आधारमा कोरिया पुगिसकेपछि फर्काइएका उदाहरण छन् । नेपालमा स्वास्थ्य जाँच हुने वित्तिकै प्रकृया सकिंदैन । कोरिया पुगेपछि पनि स्वास्थ्य जाँच गरिन्छ । त्यहाँ त्यस्तो कुनै दाग देखियो भनें क्षयरोग लागेको भनेर फिर्ता पठाउने गरिएको छ । (बद्रीकुमार कार्की, प्रवक्ता वैदेशिक रोजगार विभाग)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय