 
                                                            काठमाडौ, श्रम स्वीकृति लिएर घरेलु श्रम गर्न गएकाहरुले सहजै पुन:श्रम स्वीकृत पाउने भएका छन् । श्रम मन्त्रालयले यस सम्बन्धि निर्णय गरिसकेको छ ।
श्रम मन्त्री शरतसिह भण्डारीका अनुसार यसले गन्तव्य मुलुकमा कार्यरत धेरै श्रमिक लाभान्वित हुनेछन।
यसैबीच सरकारले वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर गएका तर नेपालको कानुनी प्रकृया अनुसार अवैधानिक अवस्थामा रहेकाहरुलाई गन्तव्य मुलुकबाट नै पुन श्रम स्वीकृति दिने तयारी गरेको छ । यसका लागि आवश्यक प्राविधिक तयारी भइरहेको श्रम मन्त्री भण्डारीले जानकारी दिए ।
 
                             
                                         
                                        