श्रम मन्त्री श्रेष्ठलाई ७ साँसदका प्रश्नहरु र मन्त्री श्रेष्ठका जवाफ

आगामी आर्थिक बर्षको सरकारको बजेटका सन्दर्भमा मन्त्रालयगत विषयमा साँसदहरुले श्रम मन्त्रालयसँग सम्वन्धित रहेर श्रम मन्त्री कृष्ण कुमार श्रेष्ठसँग सवालजवाफ गरेका छन् । साँसदहरुले यसअगाडी सो मन्त्रालयसँग सम्वन्धित रहेर उठाएका प्रश्नहरुको मन्त्री श्रेष्ठले जवाफ दिइसकेपछि ७ जना साँसदहरुले पुरक प्रश्न सोधेका थिए । साँसदहरुले उठाएका प्रश्नहरुको मन्त्री श्रेष्ठले जवाफ दिएसँगै श्रम मन्त्रालयसँग सम्वन्धित छलफल सकिएको छ । सोमवार संसदमा साँसदहरुले उठाएका प्रश्न र मनत्री श्रेष्ठले दिएको जवाफको सम्पादित अंश:

सूर्य प्रसाद पाठक– जापानमा रोजगार प्राप्त गर्ने ठूलो अवसर छ । जापानले नेपाली श्रमिक लैजान खोज्दा खोज्दै पनि मन्त्रालयले निर्देशिका नबनाइदिंदा संस्थागत रुपमा नेपाली जापान जान पाएनन् । किन रोकिएको हो ?
मन्त्री श्रेष्ठ : जापान आकर्षक गन्तव्य हो, तलव पनि धेरै हुन्छ र सुरक्षित पनि छ । कोरोनाका कारण केही ढिलाइ भएको हो । जापान सरकारबाट सम्झौताका लागि आइसकेको छ । नेपालले त्यो समझदारीपत्रमा छिट्टै हस्ताक्षर गरेर अगाडी बढ्छ । जापानमा मन्त्रालयको टोली अध्ययनका लागि एक उच्चस्तरीय टोली जाने तयारी भएकोमा कोभिडका कारण नै रोकिएको छ । हामी छिट्टै हामी त्यो काम अगाडी बढाउँछौं ।

घनश्याम खतिवडा–प्रवासमा रहेका श्रमिकलाई टेलिमेडिसिन सेवा कहिलेबाट सुरु गर्नुहुन्छ ? अनौपचारिक क्षेत्रका श्रमिकको पञ्जिकरण कहिले सुरु गर्नुहुन्छ ? वैदेशिक रोजगारीमा रहेका श्रमिक ठगिएका गुनासा आइरहेका छन्, नियन्त्रणका लागि मन्त्रालयको सोचाइ के छ ?
मन्त्री श्रेष्ठ : वैदेशिक रोजगारीका क्रममा जाने श्रमिक नठगिउन् भनेर म आफैं एक्सनमा गएर, म आफैंले धेरै दलालहरुलाई फोन गरेर नेपालकै इतिहासमा रेडकर्नर नोटिस जारी गराएर दुवईबाट पक्राउ गरी ल्याउने काम गरिएको छ । ठगि गरेको करिव १२ करोड रुपैंया हामीले फिर्ता गराएका छौं । अरु मन्त्रालयमा करोडौं रुपैंयाको विकास निर्माणको कुरा छ भनें श्रम मन्त्रालयमा ठगियो, दु:ख पाइयो, भन्ने भन्दा अरु कुरा नहुने भएका कारण यसलाई गम्भीरतापूर्वक लिएको छु ।

नारायण खतिवडा–वैदेशिक रोजगारमा जान खोज्ने युवामाथि ठगी भएको गुनासो आएको छ, यसमा मन्त्रालयको यसबारे सोच के छ ? असंगठित क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा प्रदान गर्ने सम्वन्धमा मन्त्रालयको योजना के छ ?
मन्त्री श्रेष्ठ: असंगठित क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोष मार्फत कसरी छिट्टै संगठित गर्न, कोषमा आवद्द गर्न सकिन्छ भनेर मन्त्रालयले योजना बनाइरहेको छ ।

मनकुमारी जिसी– वैदेशिक रोजगारीमा जाँदा बन्धक बनाइएकाहरुको मन्त्रीले चित्कार सुनिरहनु भएको छ कि छैन ?
मन्त्री श्रेष्ठले जवाफ नदिएको

डा. डिला संग्रौला पन्त– ५ लाख देखि ६ लाख युवा नेपालमा श्रम बजारमा प्रवेश गर्ने भनिन्छ । २ लाख व्यक्तिलाई रोजगारीसँग जोड्ने भनिएको छ । कुन कुन क्षेत्रमा जोड्ने हो ? स्वदेश फर्केका श्रमिकको सीपको पहिचान कसरी गर्ने योजना छ ?
मन्त्री श्रेष्ठ: स्वदेश फर्केका श्रमिकको सीप र दक्षतालाई कसरी सदुपयोग गर्न सकिन्छ भनेरविभिन्न संघसंस्थाहरुसँगको साझेदारीमा पुनर्एकिकरण कार्यक्रमहरु सञ्चालन गर्न लागिएको छ । यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पनि तीनवटै तहका सरकार मिलेर बेरोजगारहरुलाई रोजगार दिने प्रयास गरिएको छ ।

पुष्पा भुसाल–कोरोनाको समयमा हुण्डिबाट पैसा आएन त्यसैले रेमिट्यान्स बढ्यो । हुण्डी प्रणालीलाई प्रतिस्थापन कहिले गर्ने ? बेलायत, माल्दिभ्स, सेसेल्स लगायतका देशमा कहिलेदेखि श्रमिक पठाउने योजना छ ?
मन्त्री श्रेष्ठ: जापान, कोरियाको कुरा भइहाल्यो, अहिले न्यूजिल्याण्डको पनि केहि सोधपुछ आएको छ । बेलायतमा कम्तीमा मासिक तलव ४ लाख हुनेगरी स्टाफ नर्स पठाउने योजनामा छौं । कतिसम्म पठाउन सकिन्छ, कम्तीमा १० हजार नर्स पठाउने गरी हामी सम्झौता गर्दैछौं । भोली (मंगलवार) ४ बजे मन्त्रीपरिषद बैठक छ ।

प्रेम सुवाल–गोर्खा भर्तीका नेपाली युवाले पहिलो र दोश्रो विश्व युद्दमा रगत पसिना बगाए । वैदेशिक रोजगारलाई खारेज गरेर उनीहरुलाई किन स्वदेशमा रोजगार नदिने ?
मन्त्री श्रेष्ठ: सरकारको योजना, प्रयास नेपाली युवालाई सीप सिकाउने र नेपालमा नै रोजगारी दिलाउने हो । तर नेपालमा भनेजस्तो रोजगारी नपाएको अवस्थामा सीप सिकाएर दक्ष बनाएर वैदेशिक रोजगारमा पठाउने सरकारको निति छ । यसका लागि सातवटै प्रदेशमा सुविधासम्पन्न तालिम केन्द्रहरु बनाउने पहल हुँदैछ ।
यो पनि पढ्नुहोस् सेसेल्स, बेलायत र इजरायलमा निर्माण क्षेत्रमा सरकारी प्रकृयाबाट नै श्रमिक पठाउने तयारी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय