सेलिब्रटी मार्फत व्यवसाय प्रवद्र्धनका लागि नेप्सिया

कोभिड-१९ (कोरोना) को महामारीका कारण व्यक्ति, समाज, व्यवसाय तथा अर्थतन्त्रमा परेको असरलाई न्यूनीकरण गर्ने उद्धेश्य सहित नेप्सिया प्रालिले व्यवसाय प्रवद्र्धनको नयाँ अवधारणा अघि सारेको छ । कम्पनीले सेलिब्रेटीमार्फत व्यवसाय प्रवद्र्धनको अवधारणा ल्याएको हो । यसबाट सेलिब्रटी तथा व्यवसायी दुवै लाभान्वित हुनसक्ने कम्पनीका अध्यक्ष राजेश श्रेष्ठले बताएका छन् ।

कोरोनाका कारण हाल नेपाली अर्थतन्त्र, कला संस्कृति, जनजीवन प्रायः ठप्प छ । यस्तो अवस्थामा हरेक क्षेत्रमा लाग्ने सेलिब्रेटी पनि कामविहीन भएर वस्न बाध्य छन् । कम्पनीले कलाकारमात्र नभइ हरेक क्षेत्रका सेलिब्रेटीलाई कामबिहीनको अवस्थाबाट जोगाउँदै आर्थिक उपार्जनमा सहयोग पुर्याउन बेटा भर्सनमार्फत यसको सुरुवात गरेको हो । यसबाट सेलिब्रेटीहरुले आफ्नो कला प्रस्तुत गरेर आर्थिक लाभ लिन सक्नेछन् भने अर्कोतर्फ सेलिब्रेटीसँग नजिक भई आफ्नो ब्यापार व्यवसाय बढाउन सकिनेछ ।

कुनै कम्पनी तथा व्यक्तिले सेलिब्रेटीमार्फत प्रचार प्रसार गर्नुपरेमा कम्पनीले सहजीकरण गर्नेछ । सेलिब्रटीसँग नजिक हुने चाहना हुँदा हुँदै सबैको पहुँच नपुग्ने अवस्थालाई मध्यनजर गर्दैै कम्पनीले यसको सुरुवात गरेको श्रेष्ठले जानकारी दिए । कम्पनीले डिजिटल प्रविधिमार्फत स्वदेश तथा विदेशमा पनि यस्तो सुविधा प्रदान गरिने जनाएको छ ।

व्यवसाय प्रवद्र्धनमा मात्र नभइ सभा सम्मेलन, वार्षिकोत्सव तथा कार्यक्रमहरुमा प्रस्तुति, उद्घाटन, जन्मोत्सवको शुभकामनालगायतमा पनि सेलीब्रेटीहरुको साथ र सहयोग पाउन सकिनेछ । यसका लागि सेलीब्रेटी शुल्क भने लाग्ने श्रेष्ठले बताए । कम्पनीले आगामी तीन महिनाभित्रमा मोवाइल एपसमेत ल्याउने जनाएको छ ।

यो पनि पढ्नुहोस् श्रमिक लिएर फर्किंदै गरेको गाडी दुर्घटना, दुई नेपालीको मृत्यु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय