युएईको अबुधावीमा विहिवार विहान करिव ५ः३० मा भएको दुर्घटनामा परेर घाइते भएका २४ जना मध्ये १८ जना नेपाली भएको युएई स्थित नेपाली दूतावासले जनाएको छ । दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु कुन देशका नागरिक हुन् भन्ने खुलेको छैन । दुर्घटनामा परेको मिनिबसमा श्रमिक चढेका थिए ।
दुर्घटना पश्चात युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकाल सहित दूतावासको टीम घाइतेहरुलाई भर्ना गरिएको मरफाक अस्पताल पुगेको थियो । दूतावासले नेपाली काम गर्ने कम्पनीसँग सम्पर्क गरेको र थप जानकारी प्राप्त भएपछि अवगत गराउने बताएको छ ।
युएईमा दुर्घटना, २२ व्यक्ति घाइते, ४४ वटा कार क्षतिग्रस्त (तस्वीरहरु)
यो पनि पढ्नुहोस् मलेशियामा हराएका चन्द्रमानलाई कहिं देख्नु भएको छ ?
