वैदेशिक रोजगारीको नाममा हुने ठगिको उजुरी अव प्रहरीले लिने

वैदेशिक रोजगारका नाममा हुने ठगि सम्वन्धि उजुरी अव प्रहरीले नै लिने भएको छ । वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीबीच यसका लागि एक समझदारी पत्रमा आइतवार हस्ताक्षर भएको छ ।

दुई सरकारी निकायबीचको यस समझदारीले अवदेखि वैदेशिक रोजगारका नाममा हुने ठगि नियन्त्रणका लागि महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा लिइएको छ । समझदारी अनुसार कुनै कन्सल्टेन्सी, ट्राभल एजेन्सी, तालिम प्रदायक संस्था वा व्यक्तिले वैदेशिक रोजगारको नाममा ठगि गरेमा त्यसको उजुरी लिने तथा प्रारम्भीक अनुसन्धान गर्ने काम नेपाल प्रहरीले नै गर्नेछ । त्यसरी कसैले ठगि गरेको उजुरी परेमा सम्वन्धित प्रहरी कार्यालयले प्रारम्भीक अनुसन्धान गरी सो उजुरी नेपाल प्रहरी मार्फत नै टुँगो लगाउने भएमा सोही अनुरुप हुने र वैदेशिक रोजगार विभागले निरुपण गर्नुपर्ने विषय भएमा विभागमा पठाउने छ ।

यसैगरी वैदेशिक रोजगार ऐन, २०६४ अन्तर्गत नपर्ने तर वैदेशिक रोजगारको नाममा हुने ठगिका घटना भएमा वा विद्यमान काूनी व्यवस्था तथा उपलव्ध जनशक्ति अभावका कारण विभागको पहुँचमा नभएका घटनामा नेपाल प्रहरीको अपराध अनुसन्धन जिभाग र मानव बेचविखन अनुसन्धान व्यूरोले सघाउने दुई निकायबीच समझदारी भएको छ ।

विभागका महानिर्देशक डा. भिष्म कुमार भुषालका अनुसार यो समझदारीले अव राजधानीभन्दा टाढा बस्ने आम नेपालीलाई ठगिमा परेमा न्याय प्राप्तमा धेरै सहजता आउनेछ । “कोहि ठगिमा परेमा अव स्थानिय प्रहरी चौकीमा नै उजुरी दिन सक्ने र त्यसको प्रारम्भीक अनुसन्धान पनि त्यहिंबाट हुने भएका कारण विभागको पहुँचबाट टाढा भएका कारण हिजो लाभ लिने खराव नियत बोकेका व्यक्तिहरु कानूनको दायरामा आउनेछन्” महानिर्देशक भुषालले भने । उनले ठगिका घटनाको छानविन छिटोछरितो होस् र पीडितले सजिलोसँग न्याय प्राप्त गर्न सकुन् भनेर नै यस्तो समझदारी गरिएको बताए ।

दुई निकायबीचको समझदारी अनुसार वैदेशिक रोजगारको नाममा कुनै अनधिकृत व्यक्तिले गर्ने ठगि सिधै प्रहरीले नै अनुसन्धान गर्नेछ । संस्थागत(मेनपावर कम्पनी) ले कुनै ठगि गरेको भएमा त्यस्तो ठगिमा परेको व्यक्तिले स्थानीय प्रहरीमा उजुरी दर्ता गर्न सक्नेछ । तर त्यस्तो उजुरी भनें प्रहरीले वैदेशिक रोजगार विभागमा पठाउनु पर्नेछ । वैदेशिक रोजगार विभागले झण्डै ५ महिनादेखि यस्तो समझदारी गर्ने पहल गर्दै आएको थियो ।

यसअघि केहि नेपाल ऐन संशोधन मार्फत वैदेशिक रोजगारका नाममा हुने ठगिको मुद्धा स्थानीय जिल्ला प्रशान कार्यालयमा दिन सक्ने व्यवस्था गरेको थियो । यसरी कुनै मुद्धा परेमा कुनै व्यक्तिले गरेको ठगि भएमा प्रमुख जिल्ला अधिकारीले नै सुनुवाई गरी निरुपण गर्न सक्ने तथा संस्थागत(मेनपावर कम्पनी) विरुद्धको मुद्धा जिल्ला प्रशासन कार्यालयले सक्कलै फाइल वैदेशिक रोजगार विभाग, काठमाडौं पठाउने व्यवस्था छ ।

यो पनि पढ्नुहोस् २३ बर्ष मुनिका तीन युवाको उदाहरणीय व्यवसाय

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय