मलेशियामा कार्यरत नेपाली भन्छन् ‘मलेशिया त आउदै नआउनु’

वैदेशिक रोजगारमा जान चाहने नेपालीका लागि एउटा महत्वपूर्ण गन्तव्य मुलुक हो मलेशिया । तर सोही मुलुकमा कार्यरत नेपाली चाहिं मलेशिया रोजगारीका लागि उपयुक्त मुलुक नभएको ठान्दछन् । हामीले केहि फेसबुक प्रतिकृयालाई जस्ताको तस्तै राखेका छौं जसले मलेशियाको रोजगारीका सम्वन्धमा त्यहाँ कार्यरत नेपालीको विचारलाई प्रतिनिधित्व गर्दछ ।

भक्त मल्लः त्यो त आ-आफ्नो परिस्थितिमा भर पर्दछ । गरिबीले र ऋणले थिचोमिचो गरेको बेला ज्यान जोखिममा राखेर भएपनि जसोतसो घर त चलाउनै पर्छ। तर मलेसिया आउनु राम्रो होइन ।

राज चौधरी : यहाँ पैसा र कामको पछि लाग्ने मान्छे छन्। कुकुर जस्तो व्यवहार हुन्छ नेपालीहरुलाई ।

सुमन राई: नेपाली साथि, मलेशिया एकदम खराव ठाउँ हो । हामो नेपाल दूतावास पनि कमजोर छ, मुखले ठिक्क, काम चाहिं जिरो । अनि मर्कामा परिन्छ हामी ।

केदार चौधरी :  मलेशिया त सधैका लागि बन्द नै हुनु पर्दछ । म हाल मलेशियामा नै छु, यहाँ असाध्यै हैरानी छ काम गर्नलाई । त्यसैले मलेशियाको त सपना नै नदेख्नुस् ।

तीर्थ मगर: कम्पनीतिर नियम लागु भएका भए मलाई थाहा छैन, सुरक्षा गार्डमा चाहिं कुनै नियम लागु भएको छैन । ७ तारिख भित्र तलव पाउने भने पनि पाईंदैन । महिना कटेर पनि २० २५ दिन लाग्छ तलव पाउन । अतिरिक्त समय काम मात्रै गराउने, तलव, सुविधा दिन्न । यस्तो मुलुक के आउनु ?

हिमाल डाँगि : मलेशियामा कुनै मान्छे नआउनु । मलेशिया आउन बन्द गरोस सरकारले । मलेशिया भन्दा साउदी, कतार, दुबई ठिक छ । यहाँ ज्यानकै सुरक्षा छैन । बरु  साउदी, कतार, दुबईतिर ज्यानको त सुरक्षा छ ।

शालिक जिएम : नेपाल र मलेशियाबीच भएको सम्झौताको कुनै पनि कुरा लागू भएको छैन । नेपालीको श्रम होईन नेपाल सरकारले नेपालीको ज्यान बेचिरहेको छ जस्तो लाग्छ । सरकारबाट पनि लागू हुने निर्णय गर्ने र दूतावास मार्फत बुझ्ने हुनुपर्दछ ।

बल बहादुर : मलेसिया को त मत नामै लिन चाहन्न । मेरो नाति पनातिहरु पनि नजावस भन्न चाहन्छु किनभने जिउधनको कुनै ग्यारेन्टी छैन ।

यदि तपाई मलेशियामा नै कार्यरत हुनुहुन्छ वा मलेशियाको रोजगारीबाट फर्किनु भएको हो भनें आफ्नो अनुभव लेख्नुहोस् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय