कृषि मन्त्रीलाई खाडीबाट खुल्ला पत्र

मोहन बस्याल-

सबैभन्दा पहिले मन्त्रीको जिम्मेवारी पाउनु भएकोमा बधाई दिदै सफल कार्यकालको शुभकामना यो खुल्ला पत्र तपाईलाई विल्कुलै नयाँ कुरा सिकाउन वा कुनै दिशानिर्देश गर्नका लागि हुँदै होईन किनकी मैले बाँचेको आयु भन्दा लामो तपाईको राजनीतिक जीवन नेपाली जनजीवन, कृषि यससँग जोडिएको गरिबीबारे तपाई पुर्ण जानकार हुनुहुन्छ किसानका हक गरिवि निर्मुल पार्ने विषयमा लेखिएका सिद्धान्तका पुस्तक तपाईले जति कसले पढेको होला ? तपाईका सहोदर दाजु मेरा साहित्यक गुरु तपाईका सहोदर भाई मेरा पत्रकारिताका गुरु भएकाले तपाईका अन्तर्वार्ता भाषणहरुलाई मैले अल्लि पहिले देखिनै चासो दिएर पढेको छु पार्टीका नेतृत्व सामु, कार्यकर्ता सामु, पार्टी नेतृत्वमा देखिएका विकृतिका बिषयमा खुलेआम बोल्ने तपाईका पछिल्ला दिनका साहसले तपाई प्रति आम जनताले आशा विश्वास अझ बढेको मैले महसुस गरेको छु

तपाई मन्त्री बनेपछि एकजना आशाबादी मन्त्रीका रुपमा तपाई प्रति धेरैले चासो ब्यक्त गरेको देखियो कसैले बोल्न ब्यवहारमा देखाउने तपाईको यो परिक्षणको समय हो भन्ने टिप्पणी पनि गरेको देखेको छु मलाई यी सबै कुरा स्वभाविक नै लाग्यो

मलाई के लाग्छ भने जसरी तपाईको पद आकस्मिक रुपमा आयो जाने पनि त्यसरी नै हो   त्यो बीचमा केही उल्लेख्य काम गर्नु हुनेछ भन्ने आशा आम नेपालीको त्यही आम नेपाली मध्ये एउटा शुभेच्छुकले परदेशबाट यो पत्र लेखेको सम्झनुहोला

तथ्याङकमा आधारित योजना

कृषिप्रधान मुलुक झण्डै ६० प्रतिशत किसान पेशामा छन् भनिए पनि नेपालमा कृृषिसंग जोडिएका अधिकांश तथ्याङ्क झुठा, अनुमानमा आधारित मात्र  छन् यो सत्य हो तपाईले रुपन्देहीमा बर्षमा कति धान उत्पादन हुन्छ भनेर मागे तथ्याङ्क पाउनु हुन्छ, तर कुन कुन गाउँपालिका नगरपालिकामा कति कति भन्ने खोज्नु भयो भने पाउनु हुन्न यो तथ्याङ्क झुट भएको प्रमाण हो कृषि सम्बन्धी तथ्याङक सफ्टवेयरमा आधारित बनाउने कोषिस गर्नुहोला सफ्टवेयमा तथ्याङ्क राख्दा साना साना ईकाईसम्म हेर्न मिल्ने गरि राखियो भने त्यो सत्यको नजिक हुन सक्छ चितवनको तामिनका कृषकले दुई करोडको सुन्तला बेचे भन्ने शिर्षकको समाचार तपाईले पढ्न सक्नु हुन्छ, तर कुन कुन कृषकले कति कतिको बेचेर दुई करोड पुग्यो भनेर खोजे भेटिदैन आगामी बजेटमा नेपाली कृषि सम्बन्धी मिथ्याङ्क मेटेर तथ्याङक बनाउने ब्यवस्था गर्नुहोला तथ्याङ्कमै आधारित बजेट तथा कार्यक्रम बनाउनु होला अहिले उपलब्ध तथ्याङ्क सन्दर्भका लागि प्रयोग भएपनि यथार्थ होईन भन्ने कुरा प्रष्ट

. आयात प्रतिस्थापनमा ध्यान

सबैभन्दा पहिले अर्थ मन्त्रालय तथा भन्सार विभाग मार्फत गत चालु आर्थिक बर्षमा भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिएका कृषि उत्पादन नेपालबाट बाहिरिएको रकमको सूची निकालेर आफुले हेर्ने आम जनतालाई देखाउने कष्ट गर्नुहोला तपाई मन्त्री हुँदाको अवस्था सार्वजनिक गरिसकेपछि तपाईको एक बर्षे कार्यकाल पछिको अवस्था के भन्ने सूची पनि सार्वजनिक गर्न नविर्सनु होला विदेशबाट कृषि उत्पादन भित्रिने अवस्था शुन्य बराबर नहुँदासम्म यो एक परम्परा बनोस   विदेशबाट नेपाल भित्रिरहेका कृषि उत्पादनको मात्रा शुन्यमा झार्न के भईरहेको , के गर्नु पर्छ भन्ने बिषयमा पुर्व कृषि मन्त्री, सचिव, विभाग प्रमुख देखि पार्टी पंक्ति तथा गाउँपालिका नगरपालिकाको वडा तहसम्मको सुझाव लिएर कार्यायोजना निर्माण गर्नुहोला यसका लागि सचिवालय वा स्वयसेवकको टोलि अल्लि ठूलो हुन सक्छ युवा वा विद्यार्थी संगठनको सहयोग पनि लिनुहोला विदेशबाट नेपाल भित्रिएका उत्पादनमा सबैभन्दा ठुलो मात्रमा भित्रिएका देखि सबैभन्दा कम भित्रिएकाहरुको सूची हेरी थोरै भित्रिरहेका उत्पादनको नाम सूचीबाट हटाउने गरि काम गर्नुहोला धेरै भित्रिएकाहरुलाई घटाउने विधि ल्याउनु होला करेसावारी वा खाली जमिनमा सामान्य सागसब्जी उत्पादन गर्न सके सानो सानो ईकाईले पनि मुलुकभर अभियान चलाउन सके ठुलो मात्रामा आयत प्रतिस्थापन गर्न सक्छ यो कुरालाई पार्टी पंक्तिलाई अभियानको रुपमा लैजान उत्प्रेरित गर्नु होला  

. ब्यवसायीक कृृषिमा जोड

कृषिलाई निर्वाहमुखी भन्दा व्यवसायीक बनाउन जोड दिनु पर्दछ यसमा जमिनको ठुलो समस्या देखिएको जसको स्वामित्वमा जमिन त्यसले खेतीकिसानी गर्दैन जो कृषिमा रुची राख्छ उसंग जमिन छैन जमिन भएकाले महंगो भाउमा भाडा खोज्छ करार सम्बन्धी कानुन प्रभावकारी बनाउनु आवश्यक कृषिका नाममा खुलेका सहकारीलाई जिम्मेवार बनाएर उत्पादन बजारिकरणमा प्रोत्साहन गर्नुहोला सामुहिक खेती गर्ने सहकारीलाई उनीहरुले गरेको उत्पादन दिएको रोजगारीका आधारमा अनुदानको ब्यवस्था होस् राज्यले कृषिमा आधारित अर्थतन्त्र भएकाले ठुलो लगानी कृषिमा गर्दै आई रहेको ठुलो अनुदान पनि वितरण गर्दै आईरहेको यसको पहुँच वास्तविक किसानसम्म पुगेको की छैन, त्यो बिषयमा तपाई जानकार नै हुनुहुन्छ तपाईले उत्पादनमा आधारित अनुदानलाई प्रश्रय दिनु होला एक किलो आलु वा एक लिटर दुध उत्पादन गर्ने किसानले पनि अनुदान पाउने गरि वातावरण बनाउनु होला यसका लागि पार्टी पंक्ति सहकारी अभियानमा लागेका मानिसका सुझाव अनुभव पनि फाईदाजनक हुन सक्दछ

माग अनुसारको बजेट

अव केही महिनामै योजना निर्माण बजेट तर्जुमाको तयारी पनि शुरु हुन्छ वडा वडामा योजना निर्माणका काम हुन्छन् यसरी संकलन गरिएका योजना तथा माग सुचीकृति गर्ने हेर्ने ब्यवस्था मिलाउनु होला गाउँपालिका वा नगरपालिका, प्रदेश केन्द्र सरकारका योजना बजेट मिलाउँदा प्राथमिकताका आधारमा योजना अगाडी बढाउन सके धेरै कुरा समाधान गर्न सकिन्छ तर आम किसानको माग केन्द्रबाट आउने बजेटको उचित तालमेल छैन मन्त्री भएपछि ठुला ठुला योजना बैठकमा मात्र होईन वडा तहका माग कार्यक्रमबारे पनि चासो दिनुहोला, जुन जनतासंग बढि जोडिएको हुन्छ नगरपालिका वा गाउँपालिकामा आउने कृषकका योजनालाई ध्यान दिईएको पाईदैन यस पटक तपाईले कम्तिमा १० वटा गाउँपालिका नगरपालिकामा वडास्तरका योजना बैठकबाट आएका योजना हेर्ने प्रयास गर्नुहोला

. बर्षाको पानीको भण्डारण

बर्षाको पानी खेर जान्छ तर हिउँदमा खेतीका लागि पानीको अभाव हुन्छ बर्षाको पानी भण्डारण गर्ने ब्यवस्था गर्नुपर्छ चुरे महाभारत पहाडका फेदीमा सानो सानो लगानीमा ठुला ठुला पानीको भण्डार बनाउन सकिने प्रसस्त सम्भावना भएपनि त्यसलाई ध्यान दिन सकिएको छैन पानीको भण्डार गर्न सक्ने ब्यवस्था भए धेरै सिंचाईको समस्या पनि समाधान गर्न सकिन्छ यस्ता पानीका भण्डारलाई खानेपानी तथा पर्यटनसंग जोडेर पनि काम गर्न सकिन्छ गाउँपालिका वा नगरपालिकालाई यस्ता पानी भण्डारका योजनाका लागि प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनु होला

.उत्पादक उपभोक्ता बीचको पुल निर्माण

चितवनको टाँडीमा किसानले दुई रुपैया किलो पनि नपाएर तरकारी खेतीमा डोजर चलाउँदा नारायणगढको बजारमा २७ रुपैया किलो सोही तरकारी विक्री भइरहेको हुन्छ छोटो दुरीमा यस्तो समस्या किन भएको ? यस्तो अवस्था हटाउन के गर्न सकिन्छ ? यसका लागि उपभोक्ता उत्पादन बीच कसरी जोड्न सकिन्छ ध्यान दिन जरुरी सबैभन्दा बढि होटल ब्यवसायका लागि कृषिजन्य उत्पादन बाहिरबाट आउने गरेको यसका लागि पर्यटकीय केन्द्रमा तरकारीका सहकारी पसल संचालन गर्न सकिने अवस्था सिर्जना गर्न सकिन्छ टिम परिचालन गरि अध्ययन गराउनु होला कुनै पनि कृषकले आफुले उत्पादन गरेको सामान बेच्न सकिन भनेर रोएको दृष्य तपाईको कार्यकालमा सुन्न नपरोस् बिगतमा जस्तो कृषकले सडकमा पोखाएको डोजर लगाएका दृष्य देख्न नपरोस

. कृषक कृषि मजदुरको आत्मसम्मानमा बृद्धि

नेपाली कृषकले मजदुर पाईएन भनेर रुने तर नेपाली युवाहरु कोरिया जाने परिक्षा दिन फारम भर्न एक सातासम्म सडकमा सुतेर लाईन लाग्न  तयार हुने अवस्था यो के नमिलेको हो, मिलाउनु होला आसनग्रहण भाषण भन्दा आफ्नो भएभरको जाय जेथा लगाएर कतिपयले नपुगेर ऋण लिएर शुरु गरेका ब्यवसायीक कृषकका फारममा महिनामा एउटाकै भएपनि पुगेर सुख दुःख साट्ने कोसिस गर्नुहोला यसरी जाँदा सानो टोली मात्र जानु होला गोप्य हिसाबले नै जानु होला यसले युवामा उत्साह थप्ने ब्यवसायीक कृषिमा लाग्न प्रेरित गर्न सक्छ औद्योगिक मजदुर संगठित हुने भएकाले उनीहरुको सामाजिक सुरक्षा लगायतका ब्यवस्था भएको देखिन्छ कृषि मजदुरको कुनै पहिचान रेकर्ड हुँदैन यसलाई ब्यवस्थीत बनाउन कोशिष गर्नुहोला

दैनिक ज्यालादारी मात्र होईन मासिक, बार्षिक सुविधा, विमा, स्वास्थ्य विमा लगायतका सुविधा हुने गरि प्रोत्साहनका कार्यक्रम ल्याउनु होला कृषि मजदुरलाई सीप प्रशिक्षण दिने, सीप परिक्षण गरि दक्षताको प्रमाण पत्र दिने दक्ष कृषि मजदुरको न्युनतम पारिश्रमिक तोक्ने ब्यवस्था गर्नुहोला

मल विउका समस्या

कृषकले आवश्यक मल विउ नपाउने गुनासो गर्दै आईरहेका छन् सरकारले अनुदानमा उपलब्ध गराउने मल विउ पनि ब्यापारीले हात पारेर बिक्री वितरण गरेका उदाहरण थुप्रै छन् नेपालमा एकै सिजनमा एकै प्रकारका बाली लगाईने हुनाले विउ मलको अभाव सिर्जना हुनु स्वभाविक हो अभावको मौका पारी नक्कली मल विउ वितरण गरि किसानलाई ब्यापारीले ठुलो नोक्सानी पुर्याएका छन् किसानले राहत वा क्षतिपुर्ति पाउने वा दोषिलाई कारवाही हुने संरचना निर्माण गर्न जरुरी यसमा कोही जवाफदेही देखिएको छैन बालि विविधिकरण गर्न प्रोत्साहन गर्नुका साथै स्थानीय सरकारीलाई क्षमता अभिबृद्धि गरि विउ संकलन मल भण्डारणको क्षमता विकास गर्न जरुरी धेरै किसानले रसायनीक मलमा जोड दिने गरेकोले माटोको उर्वरा क्षमतामा ह्रास आएको पाईएको जैविक मलमा जोड दिनसके राज्यले ठुलो अनुदान दिने गरि भारतबाट मल ल्याउनु पनि पर्दैन यसका लागि शहरी क्षेत्रबाट उत्पादन हुने फोहार प्रशोधनबाट पनि धेरै काम गर्न सकिन्छ

निर्यातमा जोड 

नेपालका आम किसानमा खुल्ला सिमानाका कारण भारतबाट अनियन्त्रीत रुपमा आउने कृषि उत्पादनका कारण भाउमा प्रतिस्पर्धा गर्न सकिदैन भन्ने त्रासयुक्त मनोविज्ञान विकास भएको देखिन्छ यसमा पोल्ट्रीपछि आत्मनिर्भरको दिशामा लागेका केरा, माछा लगायतका उत्पादनमा लागेका किसान पनि छन् यो हिन मनोविज्ञानबाट माथी उठाउन निर्यातको योजनामा पनि उनीहरुलाई सामेल गराउनु पर्दछ केही उत्साही साथीले कतार दुवईमा नेपालमा उत्पादन गरिएका तरकारी पठाउन शुरु गरेका छन्  यसमा के के जटिलता छन् कसरी यो ब्यवसाय टिकाउन सकिन्छ, समय निकालेर छलफल गर्नुहोला चार पाँच घण्टाको हवाई यात्रामा पुग्न सकिने गन्तब्य भएका मुलुकमा २० लाख भन्दा बढि युवा काम गर्दै आईरहेका छन् झण्डै हजारजना युवाहरु नेपालबाट गन्तब्य मुलुकका लागि दैनिक उडि रहेका हुन्छन् यस्ता युवाले एक एक किलो नेपाली उत्पादन सुन्तला, स्याउ, नासपाती बोकेर गए पनि दैनिक १० क्वीन्टल नेपाली उत्पादन विदेश पठाउन सकिन्छ राम्रो प्याकिङ सहित विक्री केन्द्र खोल्न सके कोशेलीका रुपमा पनि धेरै ठुलो मात्र विदेश पठाउन सकिन्छ

१ंं० गैर किसान किसान नेतालाई विदाई

तपाई पार्टीको जिम्मेवार नेता पनि हुनुहुन्छ बर्षौ देखि कृषक मजदुरका कुरा पनि गर्दै आउनुु भएको तर सत्य के हो भने तपाईको पार्टीको भातृ संगठन वा जनवर्गिय संगठन भनेर बनेको किसान महासंघमा अधिकांश नेताहरु जीवनमा कहिल्यै पनि कृषि पेशा नगरेका मानिसहरु छन् जीवनको कुनै कालखण्डमा हलो जोते पनि कोदाली चलाए पनि बिर्षौ बर्ष देखि कृषिसँग कुनै साईनो नभएका मानिस किसानको नेता बनेर हिंडिरहेका छन् तिनिहरुलाई प्रतिस्थापन गर्न जिल्ला जिल्लामा ब्यवसायीक रुपमा कृषिमा लागेका मानिसलाई संगठित गर्ने तिनिहरुलाई नेतृत्वमा स्थापित गर्ने अभियान सञ्चालन गर्नुहोला जव किसानले नै किसानको नेतृत्व गर्दछ तब मात्र किसानका समस्याको उठान समाधान सम्भव सुकिला मुकिला नेताले अनुदान बाँडे किसान खुशी हुन्छन्, भोट दिन्छन भन्ने ठान्छन त्यसमै रमाउँछन् तर कृषक आफ्ना उत्पादनको उचित मुल्य आवश्यक मात्रामा मल बिउको उपलब्धता चाहन्छन्

तपाईको कार्यकालमा यि १० कुरामा ध्यान जान्छ की जाँदैन, तपाईको राजनीतिक भविष्य मुख्य रुपमा त्यहि कुराले निर्धारण गर्दछ भन्ने पंक्तिकारको ठम्याई अवको एक महिना यस्तै सुझावहरु हेर्ने पढ्ने, सरकारी नीति तथा कार्यक्रम हेर्ने आवश्यक सुझाव संकलन गरी वर्तमान अवस्था आफ्नो कार्यकालको प्राथमिकता सार्वजनिक गर्नु होला पुनः सफल  कार्यकालको शुभकामना

(लेखक बस्याल हाल दुवईमा कार्यरत छन्  यो सामग्री मंसिर १५, २०७६ मा प्रकाशित भएको हों )

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय