मलेसियामा सुरक्षित हुन यी कुरामा ध्यान दिनुस्

अर्जुन काफ्ले-

मलेसिया नेपाली युवाका लागि रोजगारीको प्रमुख गन्तव्य हो । २०१३ अघिको तथ्याङ्ग हेर्ने हो भने त मलेसिया नेपालीका लागि पहिलो रोजाईको गन्तव्य थियो । नेपालको जस्तै वातावरण र हावापानीका कारण पनि मलेसिया नेपालीका लागि श्रमको पहिलो र आर्कषक गन्तव्य बनेको हो ।

मलेसियामा रोजगारीका लागि जाने नेपालीले सेक्युरेटी गार्ड, उद्योगलाई नै रोज्ने गरेका थिए र छन । मलेसियामा केहि समय देखी श्रम समस्या भएकाले नै नेपालीहरु नयाँ रोजगारीका लागि त्यहाँ पुगेका छैनन् तर पनि पुरानै काम गरिरहेकाहरुको संख्या ७ देखी ८ लाख रहेको अनुमान छ । आधिकारिक तथ्याँकमा भनें चार लाख भन्दा कम नेपाली मलेसियामा कार्यरत रहेको देखिन्छ । 

कामको सहजता, नेपालकै जस्तो वातावरण भएपनि मलेसियाको रोजगारीको मुख्य चुनौती भनेको त्यहाँको लुट, चोरी र ठगी नै हो । मलेसियामा रहेका नेपाली श्रमिक वा मलेसियामा रोजगारी गरेर फर्र्किएका नेपालीलाई नै सोध्ने हो भने पनि मलेसियामा हुने चोरी लगायत ठगीका फेरिहस्त वताउन सक्छन् । कुनै कुनै तवरवाट नेपाली ठगी परेका वा लुटिएको समाचार दिनहु सञ्चारमाध्यमले लेख्ने गरेका छन भने कतिपय लुटिएका वा ठगीमा परेका कुरा गुपचुपमै रहने गरेका छन् । तामिल मुलका मलेसियनहरुले धेरै नेपालीलाइ दुःख दिने गरेका छन् । रोजगारी गरिरहेका नेपालीलाई धम्क्याएर, हप्काएर, हतियार देखाएर वा कुनै न कुनै तवरवाट लुट्ने गरेका छन् । सवै तामिलले त्यसो गर्ने पनि होईन तर केहि तामिलमुलका मलेसियनको कारणले आजका दिनमा मलेसियामा रहेका आप्रवासी ति समुदायका मान्छे प्रति अलि हेयको दृष्टीले हेर्ने गर्दछन् ।

त्यो वाहेक मलेसियामा रहेका नेपाली श्रमीकको समस्या भनेको ठगीको हो । मलेसियामा को कसरी ठगीमा पर्छ कसैलाई पत्तो नहुन सक्छ भने कतिपय परिस्थीती यस्तो हुन्छ कि ठगिने जान्दा जान्दै पनि त्यहाँ पुगेका हुन्छन् । सवैभन्दा धेरै ठगिको मार अवैधानिक रुपमा मलेसियामा श्रम गरिरहेका नेपालीले व्यहोर्नु परेको छ । रोजगारीका क्रममा कुनै समस्या परेर अवैधानिक रुपमा बस्न थालेका नेपाली नेपाल फर्किनु परेको अवस्थामा धेरै ठगीको जोखिममा पर्ने गरेका छन् जुन नेपालीबाट नै हुने गरेको छ । कतिपय नेपाली रेष्टुरेन्टका सञ्चालक पनि यो कार्यमा संलग्न भएका तथ्य वेला वेला वाहिरीने गरेका छन् । मलेसियामा संघ संगठन वनाएर त्यसको अगुवा वनेका कति नेपाली अगुवा पनि ठगीमा मुछिएका छन् । केहि समय अघि केहि नेपाली युवाले एउटा जनजाती आदिवासी सम्वद्ध संगठनका अगुवालाई नै ठगीको आरोप लगाए । उनी विरुद्ध  मलेसियामा रहेका कतिपय संघ संगठनले कारवाहि गरोस भनेर नेपाली दुतावास मलेसियासम्म पुगे । वेला वेला गैर आवसिय नेपाली संघका पदाधिकारी पनि नेपाली श्रमिकलाई ठगी गरेको आरोपमा मु्छिने गरेका छन् ।

हुन त मलेसियाको कोतरायामा अवैधानिक नेपालीलाई नेपाल फर्काउन भन्दै उनीहरुबाट चर्को रकम असुल्नेको संख्या प्रसस्त छ । त्यसरी नेपाली श्रमिकसँग चर्को रुपमा रकम असुल्नेलाई पहिचान भए पनि अहिलेसम्म नेपाली दुतावासले कारवाहि गर्न नसक्नु र दुतावासको मौनतालाई चै सवैले चासोको विषयका रुपमा हेरेका छन् ।

मलेसियाको जेलमा परेका नेपालीका परिवारलाई पनि ठगी गर्ने गरेको तथ्य केहि समय अघि वाहिरीएको थियो । नेपालीहरु जेल परेपछि घर फर्काउन धेरै रकम लाग्ने भन्दै पिडीतकै परिवारबाट रकम असुल्ने गरेको पनि देखिएको छ । त्यसरी रकम असुल गरेपछि पनि नेपालीलाई जेलबाट नफर्काएर ठगी गरेको उदाहरण भेटिएको थियो । विरामी परेका नेपालीलाई सहयोग गर्न पैसा उठाएर कुलेलम ठोक्ने नेपालीको संख्या पनि प्रसस्त भेटिन्छ मलेसियामा ।

मलेसियामा नेपाली ठगीको फेरिहस्त धेरै भएपनि यसको नियन्त्रणका लागि अथवा नेपाली नठगिउन् भनेर अभियान भने कसैबाट पनि भएको छैन । नेपाली दुतावास अहिले भन्दा बढी सक्रिय हुने हो भनें पनि नेपालीलाई हुने ठगीका घटना आधासम्म कम हुने यहाँका श्रमीकहरु नै वताउँछन् । त्यो वाहेक नेपालीका नाममा स्थापना भएका संघ संगठनका अगुवाहरुवाट पनि हुने ठगी नियन्त्रण गर्न सहज हुनसक्छ ।

मलेसियामा फस्टाएको मार्केटिङ्ग व्यावसायले पनि नेपाली श्रमिक ठगीमा परेका छन् । मार्केटिङ्ग व्यवसायमा लाग्ने वितिक्कै धनि हुने र रातारात करोडपति हुने सपनामा पनि धेरै नेपालीले मेहनतका साथ कमाएको पैसा हावाका भरमा उडाएका छन् । विभिन्न सामग्री वेच्न विभिन्न कम्पनीले नेटवर्क कम्पनीको भर परेका छन् जसमा धेरै नेपालीले आफ्नो पैसा र समय नष्ट गरिरहेका छन् । जसरी छिटै धनि हुने आश्वासन दिइन्छ त्यसरी पैसा भने कमाउन सकिदैन ।

अत्यमा विभिन्न बहानामा नेपाली मलेसियामा ठगिने गरेको देखिन्छ । त्यसैले मलेसियाको बसाईमा बढी होसियार हुनु आवश्यक छ । कसैको वहकाउमा रोजगारी गरिरहेको ठाउँ छोड्नु हुँदैन । त्यसरी काम छोडे मलेसियामा अवैधानिक ठहरिन्छ अनि सहजसाथ नेपाल फर्किने विकल्प लगभग वन्द नै हुन्छ ।  अध्यागमनको फेला परे जेल बस्नुको विकल्प पनि हुदैन । कसैको वोलीकै भरमा उनीहरुको कुरामा लागेर रकम कारोवार नगरेकै जाती । बाहिर हिंडदा एक्लै हिडडुल नगरेकै जाती । यदि वाहिर हिडनै परे समुहमा हिडने र वहुमुल्य सामग्री नलगाउने वा नवोक्ने बानी गर्नु पर्दछ । यस्ता कुरामा होस पु¥याउन सके नेपाली मलेसियामा केहि हदसम्म भए पनि सु्रक्षीत वन्न सक्छन ।

(मलेसियामा लामो समय पत्रकारीता गरेका काफ्ले हाल नेपालमा छन् ।)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: