विप्रेशणको आशमा नेपाल भित्रिएको डिप्रेसन

राम बराल-

गत चैत्रमा नेपाल भित्रिने रेमिट्यान्स बढ्यो अघिल्लो बर्ष चैत्रसम्ममा नेपाल भित्रिएको भन्दा यो बर्ष दशमलव प्रतिशत धेरै रेमिट्यान्स नेपाल आयो २०७४ साउन देखि चैत्र भित्र नेपालमा खर्व ४० अर्व ३८ करोड रकम विप्रेषणका रुपमा नेपाल भित्रियो अघिल्लो बर्ष झण्डै खर्व रेमिट्यान्स भित्रियाएको नेपालका लागि राष्ट्र बैंकले यो तथ्याँक सार्वजनिक गरिरहँदा खुशीकै कुरा हो तर त्यहि विप्रेषणले थपेको चिन्ताको पाटो भनें छुट्टै नेपालमा जुन दरमा विदेशमा काम गर्न जानेहरुले कमाएर पठाउने विप्रेषणको ग्राफ उकालो लागेको डिप्रेसनको समस्या बोकेर फर्किनेहरुको संख्या पनि उहि गतिमा बृद्धि हुँदैछ

घटना

कावासोती १५ का श्यामकुमार रोजगारीको शिलशिलामा करिव डेढ बर्ष अघि साउदी अरव गएका थिए परिवार पाल्न, छोराछोरी पढाउने उद्धेश्यले साउदी पुगेका उनलाई घरको याद निक्कै आइरह्यो विदेशमा राम्रैसँग कमाउँला, घर बनाउँला, आफन्तलाई पनि उपहार बोकेर फर्किने उनको आशा चकनाचुर भएको किनकी उनले साउदी अरवमा पुगेपछि नेपालमा भनिएअनुसारको काम पनि पाएनन् तलव पनि पाएनन् यसले नेपालमा हरेक महिना पैसा पठाउने उनको सपना पुरा भएन

लाख ५० हजार ऋण लिएर गएका थिए त्यो ऋणको व्याजले यता नेपालमा श्यामकी श्रीमतिलाई पोलिरहेको थियो उता साउदीमा रहेका श्यामकुमारलाई आफूले लिएको ऋणको बढ्दो व्याज, त्यो व्याज कसरी श्रीमतिले तिरिन् होला, छोराछोरी कसरी पढ्दै होलान्, के खाए होलान्, श्रीमतिलाई निन्द्रा लाग्यो की लागेन होला यस्तै चिन्ता बढ्दै गयो यसले श्यामकुमारमा विस्तारै समस्या देखिन थाल्यो खान मन लाग्न छोड्यो, टोलाएर बस्न थाले । मनमा अनेकथरी कुरा खेल्न थाले मरुँ– मरुँ लाग्न थाल्यो उनलाई केहि दिन विदा लिएर बसेका उनी काम गर्न नसक्ने स्थीतिमा पुगे त्यसैले कम्पनीले उनलाई नेपाल फर्काइदियो

श्याम फर्किएपछि उनले कमाएर ल्यालान् भनेर बसेको परिवारको सपना सवै चकनाचुर भयो एकातिर उनी विदेश जाँदा लागेको ऋण लाख छँदैथियो त्यसमाथि ऋण खोजेर उनकी श्रीमतिले भरतपुरमा उपचार गराइन् उपचारका क्रममा डाक्टरले उनलाई चिन्ता भएको त्यो चिन्ताको उपचार नगरेका कारण डिप्रेसन भएको बताए अहिले उनी डिप्रेसनको औषधि सेवन गरिरहेका छन् क्रमशः केहि ठिक हुँदै गएका छन्  

घटना

कावासोतीकै शर्मिला बैदेशिक रोजगारका लागि ओमान पुगेकी थिइन् बर्ष अघि ओमान पुगेकी शर्मिलाको धेरै ठूलो सपना केहि थिएन उनी आफ्नो सानो झुपडीमा टीनको छानो हाल्ने सपना देखेर ओमान् पुगिन् तर उनी त्यहाँ पुगेको केहि समयपछि उनले कल्पना नै नगरेको घटना हुन पुग्यो

घरमा एउटी छोरी श्रीमानलाई छोडेर केहि रकम कमाएर पठाउने आशमा गएकी उनी त्यहाँ बलात्कारको शिकार भइन् यद्यपी उनी यो कुरा कसैसँग बताउन्नन् तर उनका अन्य कुराहरुले उनी बलात्कारमा परेको सहजै अनुमान लगाउन सकिन्छ । 

उनी जसोतसो नेपाल फर्किन सफल भइन् तर मानसिक रुपमा विक्षिप्त जस्तै भएर उनका बारेमा अहिले पनि गाउँलेहरु ‘पागल’ भएर विदेशबाट फर्किएकी भन्दछन् उनी नेपाल फर्किएपनि घरमा नबस्ने, श्रीमानसँग पनि कुराकानी नगर्ने अवस्थामा पुगिन् उनलाई कहाँ जाँदैछु किन जाँदैछु भन्ने पनि थाहा हुन्नथ्यो मैले भेट्दा उनको अवस्था अत्यन्त नाजुक थियो मैले भेटेको दिन उनी घरमै थिइन् दिउँसोको बजे उनले विहानको खाना पनि खाएकी थिइनन् । लेवरको काम गर्ने श्रीमान विहानै काममा निस्किएका थिए

शर्मिलालाई हामीले भरतपुरको अस्पतालमा लगेर डिप्रेसनको उपचार गरायौं औषधिको सेवन परिवारले मानसिक स्वास्थ्य अवस्थाको सुधारका लागि गरेको प्रयत्नपछि अहिले उनमा विस्तारै परिवर्तन आएको घरमा टीन लगाउने सपना देखेर विप्रेषणको आशमा विदेश पुगेकी शर्मिला अहिले डिप्रेसनको औषधि सेवन गरिरहेकी छन्

यस्ता थुप्रै उदाहरण छन काम गर्ने दौरानमा मैले भेटेका थुप्रै व्यक्तिहरु आफूले देखेको सपना पुरा नभएर विदेशबाट फर्किंदा मानसिक स्वास्थ्य विग्रिएर फर्किएका छन्

बैदेशिक रोजगारमा जान्छु भनेर सपना बुन्नु जति सजिलो , यो व्यवहारमा उति नै जटिल पनि त्यसैले विप्रेषणको आशमा विदेश जाँदै हुनुहुन्छ भनें डिप्रेसनमा पर्नबाट जोगिनका लागि केहि विषयमा सुरुमा नै सचेत हुनु पर्दछ कुन देश जाने हो, कुन मेनपावर कम्पनी मार्फत जाने हो, आफूसँग भएको सीप गर्नुपर्ने काम, लाग्ने लागत, कानूनी रुपमा कसरी बलियो भएर जाने भन्ने कुरामा विशेष ध्यान दिनुपर्दछ

छिमेकी बैदेशिक रोजगारमा गएर फर्केर दुई तल्लाको घर बनाए भन्ने देखेर मात्र आँखा चिम्लेर विदेश जानु हुन्न बैदेशिक रोजगारले सिर्जना गर्ने सामाजिक, शारिरीक मानसिक स्वास्थ्यका बारेमा पनि सचेत रहनु पर्दछ

बैदेशिक रोजगारमा जाने भनेको त्यहाँ पैसा कमाएर नेपाल पठाउने भन्ने हो अझ गाउँमा काम गर्ने धेरैजसो एजेण्टहरु तथा मेनपावर कम्पनीहरुले उनीहरुलाई देखाइदिने ठूलो सपनाले उनीहरुलाई अझ धेरै अपेक्षा हुन्छ विदेशमा हुने कमाईका बारेमा ठूलो कमाईको आशमा यता ऋण लिएर गएको हुन्छ, तर विदेश पुगेपछि सोचे अनुसार, भनेअनुसार कमाई नहुँदा मान्छे छाँगाबाट खसेजस्तै हुनसक्छ अर्कातिर विदेशमा आफ्नो मान्छेलाई परेको त्यो तनावका बारेमा नेपालमा हुने घरपरिवार बेखवर हुनसक्छ उनीहरुले ऋणको तनाव, पारिवारिक आवश्यकताका कारण छिटो पैसा पठाउ मात्र भनिरहेको हुन सक्छ यसले विदेशमा हुने व्यक्तिलाई अझ धेरै मानसिक दवाव पर्दछ विदेशमा भएको व्यक्तिले यो समस्यालाई कसरी समाधान गर्न सक्छु होला भन्ने निक्र्यौल गर्न सकेन भनें समस्या बढ्दै जान्छ यसले उसलाई खान मन नलाग्ने, निन्द्रा नलाग्ने, कोहिसँग पनि खुलेर कुरा गर्न नसक्ने अवस्था बढ्दै जान्छ

त्यसैले कोहि कमाउन विदेश गएको आफूलाई कमाईका विषयमा कुनै त्यस्तो समस्या परेको भनें घरपरिवारसँग, आफ्नो मिल्ने साथिसँग यसका बारेमा भन्नुपर्दछ जसका कारण उसको तनाव केहि कम हुन्छ समस्या समाधानको बाटो पनि देखिन्छ आफ्नो परिवारमा कसैलाई त्यस्तो समस्या परेको भएमा सुचना केन्द्रमा आएर भनेमा हामीले त्यसमा सहयोग गर्न सक्दछौं

विदेशमा भएको व्यक्तिले पनि आफूले विदेशमा कमाउन सकेको रकम नियमित रुपमा स्वदेश पठाउने, नियमित रुपमा परिवारसँग सम्पर्कमा रहने कुराकानी गरिरहने, सामान्य समस्याका बारेमा पनि परिवारसँग छलफल गर्ने, एकापसमा झर्केर नबोल्ने एकापसमा विश्वास गर्ने गर्नु पर्दछ एकापसको माया, प्रेम, सद्भाव विश्वासका कुराले विप्रेषण कमाउन गएको मान्छेलाई डिप्रेसनमा पर्नबाट जोगाउँदछ नेपालीमा उखान नी, रोग लागिसकेपछि उपचार गराउनु भन्दा रोग लाग्नै नदिनु निको हो, बैदेशिक रोजगारका कारण बढेको डिप्रेसनलाई कम गर्न सकिन्छ, त्यसैले सधैं सचेत बनौं  

(नवलपरासी, सुस्ता पूर्वका बासिन्दा बराल मनोपरामर्शदाता हुन् )

यो पनि पढ्नुहोस् युएईमा हराएको छोरा खोजिदिन आग्रह

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: