सामाजिक सञ्जाललाई सामाजिक नै राखौं

मोहन बस्याल-

नेपालमा ईन्टरनेटको सुविधा सहज भएसँगै नेपालीहरु बीच सामाजिक सञ्जालको प्रयोग ब्यापक भएको छ । मोवाईलमा ईन्टरनेट उपलब्ध हुनु र हात हातमा स्मार्टफोनको उपलब्धता सामाजिक सञ्जालको प्रयोग ब्यापक हुनुको महत्वपूर्ण कारण हो । तर पछिल्ला दिनमा सामाजिक सञ्जाल असामाजिक बन्दै गई रहेकोमा धेरैले चिन्ता ब्यक्त गर्दछन । सामाजिक सञ्जालमा साम्प्रदायिक भड्काव ल्याउन सक्ने गतिविधि बढेको प्रति सबैको चिन्ता छ । धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले यसमा आफ्नो दोष देख्दैनन । अरुलाई नै दोष दिन्छन् । आज सामाजिक सञ्जाललाई सामाजिक सञ्जालकै रुपमा राख्न के के गर्न सकिन्छ भनेर बहस गर्न खोज्दै छु । आशा छ यसमा तपाईको पनि सहभागिता र प्रतिकृया रहने छ । यस बहसमा अरुको होईन आफ्नै भुमिका र सकृयताको बिषयमा छलफल हुँदैछ । तपाईसँग भएका सृजनात्मक विचार पनि बाँड्न सक्नु हुन्छ ।

१. साथीको सुचीमा दुश्मन किन राख्ने ? 

हाम्रो समाजमा भुस्याहा कुकुरलाई पनि समाजको सदस्य मानिन्छ । समाजको रक्षा गर्छ भनेर विश्वास गरिन्छ । तर त्यही भुस्याहा कुकुरको जत्तिको पनि उपति नभएकाहरुलाई सामाजिक सञ्जालमा हामी साथीको सुचीमा राख्छौं । लाईक कमेन्टको आशाले ति असामाजिक प्राणीहरुले तपाईले आवेशमा गर्ने अपवादका गल्तीहरुमा लाईक गर्छन । वा अमामासजिक पोष्टमा कमेन्ट गर्छन । कमेन्ट पनि आफैंलाई सामाजिक सञ्जाल प्रति वितृष्ण उत्पन्न हुने गरि । तपाई दुई बर्ष देखी सामाजिक सञ्जालमा हुनु हुन्छ र उनीहरुका पोष्ट, तपाईको पोष्टमा उनीहरुको कमेन्ट हेर्नु भएको छ भने तपाईलाई थाहा भईहाल्छ ति मानिस सामाजिक हुन वा भुस्याहा कुकुरको जति पनि हैसियत नभएका ब्यक्ति । आजै साथीको सुचीबाट अनफ्रेण्ड, अनफ्लो वा ब्लक गर्नुस । तपाईको सामाजिक सञ्जाल समाजिक नै रहन्छ । लामो समयदेखि आफ्नो सामाजिक सञ्जालमा साथीको सुचीमा रहेको ब्यक्तिलाई अचानक हटाउन मनले मान्दैन । तर सामाजिक सञ्जाललाई सामाजिक बनाउने कि रुञ्चे स्टाटस लेखेर बसिरहने तपाईकै हातमा छ । आजै निर्णय गर्नुहोस । 

२. प्राईभेसीको प्रयोग किन नगर्ने ?

तपाईले पोष्ट गर्ने स्टाटस वा अपलोड गर्ने भिडियो वा फोटो तपाईले आफुले माात्र हेर्न मिल्ने गरि, आफ्ना फेसबुकमा साथीले मात्र हेर्न मिल्ने गरि वा सबैले हेर्न मिल्ने गरि राख्न मिल्छ । यो सुविधाको प्रयोग किन नगर्ने ? तपाईको फेसबुक तपाईको साथीको सुची भन्दा बाहिरका मानिसले हेर्न वा कमेन्ट गर्न नमिल्ने बनाउनुस । अनावश्यक भुस्याहा कुकुर भन्दा घटिया मानिसको कमेन्ट पढेर तपाई आफैं दुःखी हुनु पर्दैन । 

३. अनावश्यक पेज र ग्रुपमा किन फस्ने ? 

अहिले सामाजिक सञ्जालमा ग्रुप र पेजको आतंक नै छ । हामी छिटो र नयाँ खबर थाहा पाउने लोभमा यस्ता ग्रुप र पेजमा सहभागि भईरहेका हुन्छौं । आफु आवद्ध संस्थाका पेज र ग्रुपमा रहनु ठिकै होला । तर भएजति पेजमा लाईक गर्नु र ग्रुपमा सदस्य बन्ने काम किन गर्ने ? आज अतिकति समय निकालेर सोच्नुस्, हेर्नुस तपाईले लाईक गरेका पेजले तपाईको जीवनमा सफलता तर्फ अगाडी बढ्न सहयोगी सामग्री राखिरहेका छन वा समयको बर्वादी मात्र गरि रहेका छन् । तपाई आवद्ध भएका ग्रुपमा जीवन उपयोगी कुराका बिषयमा छलफल चल्ने गरेको छ वा वकम्फुस टिन टिन मात्र हो ? निर्धक्क मुल्याङ्कन गर्नुहोस । आजैका मिति देखि १० भन्दा बढी नरहने गरि ग्रुप र पेजबाट बाहिर आउनुस ।

४ . किन रिपोर्ट नगर्ने ?

तपाईले लाईक गरेका पेजमा सामाजिक सद्भाव भड्काउने खालका , अरुलाई होच्याउने खालमा सामग्री प्रस्तुत भएका छन् भने फेसबुकमा रिपोर्ट गर्नुस । सामाजिक सञ्जालमा भएका बद्मासी प्रति दुःख ब्यक्ति गर्दै दुईचार स्टाटस लेख्दा केही लाईक कमेन्ट र शेयर मिल्छ । तर त्यस्तो प्रवृत्ति रोकिने छैन । त्यस्ता सामग्री देख्ने बित्तिकै त्यस्तो सामग्रीका बिषयमा रिपोर्ट गर्नुस् । त्यही भिडियो फोटो तथा स्टाटस क्लिक गर्दा फेसबुकले आफैं रिपोर्ट गर्ने अप्सन दिएको हुन्छ । गरि हेर्नुस । एक पटक होईन पटक पटक । अन्त्यमा त्यस्ता पेज ब्लक हुन्छन् । सामग्री हट्छन् ।

के छ बिचार ? अब पनि फेसबुकमा रुञ्चे स्टाटस राखेर बस्ने कि सामाजिक सञ्जाललाई सामाजिक सञ्जलका रुपमा राख्न आफु पनि सकृय हुने ?

यो पनि पढ्नुहोस् जसलाई कतार, कुवेत र साउदीले स्वदेशमा नै गरिखान सिकायो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: