कतारमा विवेकशील र साझा सद्भावको भेटघाट 

महेन्द्रप्रसाद पोखरेल, दोहा

दोहामा रहेका विवेकशील पार्टी तथा साझा सद्भाव समुहका कार्यकर्ता बिच भेटघाट तथा चियापान समारोह सम्पन्न भएको छ । उक्त भेटघाट कार्यक्रमलाई संयोजन साझा सद्भाव समुह, कतारका महासचिव राजन दहालले गरेका थिए । समुहका संरक्षक नारायण बिष्टले कार्यक्रममा बोल्दै प्रबासमा रहेका तमाम विवेकशील र साझा सद्भाव राख्ने कर्मठ युबाहरुलाई एकै छत्रछायाँमा समेटेर अगाडी बढ्ने प्रण गर्दै प्रबासबाटै भएपनि हर नकारात्मक कुराहरुको खण्डन र खबरदारी जरुरी रहेको औँल्याए । 

विवेकशील पार्टी, कतारका कार्यपालिका प्रमुख सुरेश भट्टले विवेकशील र साझा समुहबिच अव हुने भाईचाराको सन्देश हर तहमा पुर्याउनु पर्ने बताए । 

कार्यक्रममा बोल्दै विवेकशील पार्टी कतारका अध्यक्ष पदम भण्डारीले विवेकशील र साझा पार्टीको एकताको महत्व र आवश्कयताबारे स्पष्ट पारेका थिए । भण्डारीले सम्भाबना बोकेका पाटीहरु बिच एकता हुनु वर्तमानको खाँचो रहेको बताए ।

साझा सद्दभाब समुह कतारका संयोजक राजन सापकोटाले एकै उदेश्य बोकेर देश प्रति बफादार बन्दै अघि बढेको दुबै शक्ति बिच एकता हुनुले समृद्धी र पारदर्शिताको शासन हाम्रै पालामा सम्भब छ भन्ने अझै बलियो उद्घोष बनेको बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय