कतार पुगेर नाकाबन्दीको विरुद्ध योगेशले गरे हस्ताक्षर

कतार, असार २९- नेकपा एमालेका सचिव योगेश भट्टराईले कतारमा आएर सामाजिक संजाल फेसबुक मार्फत नाकाबन्दी जसका विरुद्ध भएपनी त्यो मानवता बिरुद्धको काम भएको बताएका छन् । ५ लाख जति नेपाली कार्यरत रहेको कतारलार्इ सबैको साथ सहयोग र ऐक्यबद्धता चाहिएको उनले बताए ।

उनले कतारमा लगाइएको नाकाबन्दीको विपक्षमा भएको एक कार्यक्रममा हस्ताक्षर गर्दै यस्तो बताए ।

कतारको विभिन्न स्थानहरुमा ठुला होडिङ बोर्ड राखेर नाकाबन्दिको बिरुद्द हस्ताक्षर संकलन लगायतका कार्यक्रमलाई अभियान बनाएर अगाडि बढाइएको छ  ।

नेता भट्टराई प्रवासी नेपाली मञ्च बेलायतको अधिवेशन सकेर मंगलबार  कतार आइपुगेका हुन् । भट्टराईले मन्च सबद्द  सदस्यहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । 

भ्रमणका क्रममा नेता भट्टराईले कतारमा कार्यरत नेपालीहरुको बारेमा जानकारी लिने, दूतावासमा भेटघाट गरेको प्रबासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोखरेलले जानकारी दिए ।

कतारमाथी  साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन, इजिप्ट लगायतका देशले जुन ५ तारिक देखि  कुटनैतिक समबन्ध बिच्छेद गरि नाकाबन्दी लगाएका छ्न । ती देशहरुले कतारलाई १३ बुदे माग राखेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय