एक नेपालीको मृत्यु

दक्षिण कोरिया- रोजगार अनुमति प्रणाली इपिएस मार्फत कोरिया आएका एक नेपाली युवकको बुधवार विहान ज्यान गएको छ । कोरियाको जेजुस्थित तबेलामा कार्यरत स्याङ्जा वालिङका रामचन्द्र पंगेनीको ज्यान गएको हो ।

झण्डै दुइ महिना अघि कोरिया आएका अन्दाजी २६ बर्षीय पंगेनीको मृत्यु भएको जानकारी जेजु प्रहरीले राजधानी सोलस्थित नेपाली दुतावासलाई दिएको छ । दुतावासका अनुसार मृत्युका विषयमा बिहिवार दुतावासका अधिकारी घटनास्थल पुगेपछि थाहा हुनेछ ।

पंगेनीको मृत्यु भएको जानकारी दूतावासले नेपालमा रहेका उनका परिवारलाई पनि दिएको छ । कृषि क्षेत्र अन्तर्गतको घोडा हेर्ने तबेलामा अन्य एक नेपाली पनि कार्यरत रहेको बुझिएको छ ।

कोरियामा पछिल्लो समय डिप्रेसनमा परेर आत्महत्या, कार्यस्थल दुर्घटना, सडक दुर्घटना, सुतेको अवस्थामा ज्यान गुमाउने नेपालीको संख्या बढिरहेको छ ।

सन २००८ यता विभिन्न घटनामा परी एक सय २० भन्दा बढी नेपालीले ज्यान गुमाइसकेका छन् । औद्योगिक दुर्घटनामा परी सयौ अंगभंग भएका छन् । नेपालमा रोजगारीको प्रर्याप्त अवसर र आफ्नो योग्यता अनुसारको जागिर नपाउदाँ दैनिक हजारौ नेपाली युवा विदेशिन बाध्य भएका छन् भने दैनिक दुइ तीन जनाको शव नेपालमा भित्रिने गरेको छ ।

 

अन्नपूर्ण पोष्टबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय