काठमाडौं, असार २६-
कतारमा एक नेपाली उत्कृष्ट काम गरेको भन्दै उनको कम्पनीबाट १२ लाख नगद सहित पुरस्कृत भएका छन् । कतारी कम्पनी नास्सिर अल अली इन्टरपाइजेजमा उत्कृष्ट काम गरेको भन्दै नेपाली कामदार फिरोज खानलाई ४० हजार रियाल (झन्डै १२ लाख रुपैयाँ) पुरस्कार दिइएको हो । उनी सो कम्पनीमा प्रमुख लेखा अधिकृतका रुपमा कार्यरत छन् ।
गल्फ टाइम्सका अनुसार कम्पनीले हरेक बर्ष उत्कृष्ट काम गर्ने कामदारलाई पुरस्कार गर्दै आएको छ । खान त्यस कम्पनीमा दुई बर्षअघि सहायक लेखापालको रुपमा प्रवेश गरेका थिए ।
यो पनि पढ्नुहोस्
घरबाट नागरिकता मगाएपछि हराएको छोरो खोजिदिन आमाको आग्रह
