आज कति छ रिंगिट, रियाल, दिरहम र दिनारको भाउ ?

काठमाडौं, असार २५-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ छ भनें विक्रि दर २४ रुपैंयाँ १४ पैसा छ । कुनै समयमा ३० रुपैंयाँ भन्दा माथि रहेको रिंगिट घटेर २३ मा झरिसकेको थियो । हाल यसको मूल्य २४ को हाराहारीमा चलिरहेको छ ।

यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ ३३ पैसा र विक्रि दर २८ रुपैंयाँ ५० पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ८ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २५ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ५१ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ६७ पैसा रहेको छ ।

यसैगरी कुवेती दिनारको खरिददर ३४० रुपैंया २१ पैसा छ भनें विक्रि दर ३४२ रुपैंयाँ १९ पैसा छ । बहराइन दिनारको खरिददर २७३ रुपैंयाँ ४० पैसा छ भनें विक्रि दर २७४ रुपैंयाँ ९९ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

यो पनि पढ्नुहोस् 

यस्तो देखियो मलेसियामा नेपाली कामदारका स्वास्थ्य समस्या

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय