
सुदीप निउरे, क्वालालम्पुर, २४ असार-
मलेसियामा गत जनवरी यता ३६ जना नेपाली कामदारले आत्महत्या गरेका छन् । यहांस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार आत्महत्या बाहेक पछिल्लो ६ महिनाको अवधिभित्र १ सय ६० जना नेपाली कामदारले बिभिन्न कारणबाट ज्यान गुमाएका छन् । जसमध्ये आकस्मिक मृत्युको दर धेरै छ ।
दूतावासमा आयोजित अन्र्तक्रियामा दुतावासले यस्तो तथ्यांक सार्बजनिक गरेको हो । आत्महत्या, दुर्घटना, आकस्मिक मृत्यु लगाएत गरि यसबर्ष मात्रै कुल १ सय ९६ जना नेपालीले ज्यान गुमाएको मलेसियाका लागि नेपाली राजदुत डाक्टर निरंजनमानसिंह बस्न्यातले जानकारी दिए ।
मलेसियामा बर्षेनी ३ सय ५० देखि ४ सय २५ जना कामदारसम्मले ज्यान गुमाउने गरेको तथ्यांक छ । त्यसो त मलेसियामा गत बर्ष सन २०१६ को अबधिमा मात्रै ३ सय ९२ जना नेपाली कामदारले ज्यान गुमाएका थिए । जसमध्ये ८ जना महिला थिए । अघिल्लो बर्ष सन २०१६ को तुलनामा यस बर्ष सन २०१७ को ६ महिने अबधिमा मृत्युदर पनि समान देखिएको छ । मृत्युदरमा कमि आउन सकेको छैन ।
यस्तै सन २०१५ मा पनि सबै भन्दा बढि ४ सय २५ जना नेपाली कामदारले मलेसियामा बिभिन्न कारणले ज्यान गुमाएका छन । यसैगरी सन २०१४ मा ३ सय ६१ जना नेपालीले बिभिन्न कारणले ज्यान गुमाएको दुतावासको तथ्यांकमा उल्लेख छ । बैदेशिक रोजगारका लागि मलेसिया आएका अधिकांश नेपाली कामदारहरुको राती सुतेको बेलामा आकस्मिक हृदयको गति बन्द भई मृत्यु हुने गरेको देखिएको छ । यस प्रकारको मृत्युदरको समस्या यसबर्ष पनि घट्न नसकेको राजदुत बस्न्यात बताउंछन् ।
यो पनि पढ्नुहोस्
नेपाली नागरिक हुनुको नाताले लज्जा बोध गराउने अधिवेशन