नेपाली नागरिक हुनुको नाताले लज्जा बोध गराउने अधिवेशन

मोहन बस्याल-

युएईकै पुरानो सामाजिक संस्था नेपाली समाज युएईको १३ औ अधिवेशन नयाँ नेतृत्व चयन गर्ने प्रकृयामा विवाद भएपछि अनिश्चितकालिन रुपमा स्थगित भएको छ । यो बिषय युएईमा रहेका धेरैको चासोको बिषय बनेको छ । यस बारेमा सात टिप्पणीः   

१.नेपाली समाज युएईको अधिवेशन स्थगित मात्र भएको छैन अधिवेशनका क्रममा भएको हुलहुज्जत होहल्ला र त्यसको सामाजिक सञ्जालमा भएको प्रत्यक्ष प्रसारणले नेपाली समाज युएईको सदस्य नहुँदा नहुँदै पनि एक नेपाली नागरिक हुनुको नाताले लज्जा बोध भएको छ । यो घट्नाले हामी नेपालीले १८ औ शताब्दीमा नेपाली नागरिकले देखाएका बहादुरीको ब्याज खाई रहेका पुस्तालाई बद्नाम बनाएको छ । हामी ईमान्दार र बहादुर मात्र होईन कति संकुचित, पुर्वाग्रही छौ भन्ने पनि प्रष्ट पारेको छ ।

२.जसले जे सुकै भने पनि शुक्रबार ईम्पोरियल स्विट होटलमा भएको हुलहुज्जत र होहल्ला आकस्मिक होईन नियोजित थियो । दुरदर्शिता र सामाजिक जिम्मेवारी बोध भएका अगुवाले चाहे त्यो रोक्न पनि सकिन्थ्यो । तर त्यो भुमिकामा कोही देखिएन । बरु अरु बल्झाउन क्रियाशिल भएको देख्नु पर्यो त्यो दुखद हो । कतिपयले अरवि नागरिक ब्यक्तिको प्रवेश नै हुलहुज्जतको कारण भएको प्रचार गरि रहेका छन् । त्यो एक बहाना मात्र हो । बाँदरलाई लिस्नु भनेको जस्तै । कतिपयले अरवि नागरिक मताधिकार प्राप्त ब्यक्ति नभएकाले उनीहरु बसेको स्थानमा हामी पनि बस्न पाउनु पर्छ भनेको पनि सुनियो । हुनु पर्ने कुरा चाही अरवि नागरिकलाई बाहिर राखौं भन्ने हुन सक्थ्यो । उनीहरु भित्र बस्दा हामीपनि बस्न पाउनु पर्छ भन्ने होईन ।  

३.युएईमा रहेका नेपाली संघ संस्था स्थानीय कानुन अनुसार अवैधानिक छन् । निर्बाचितका गतिविधि वर्जित छ । त्यसैले यस्ता संस्थाको नेतृत्व सर्वसम्मत रुपमा चयन गर्नु सक्नु संस्थाको सफल कृयाकलाप र स्थानीय कानुनको सम्मानका लागि पनि उपयुक्त हो । तर राजनितिक ईमान्दारिता र नैतिकता नभएका व्यक्तिहरुको राजनीतिक दल समर्थक संस्थाको नेतृत्वमा बोलवाला हुँदा विगत केही बर्ष देखि युएई मात्र होईन प्रवासमा रहेका धेरै संघ संस्थामा नयाँ नेतृत्व चयन प्रकृया जटिल बन्दै गएको छ ।  

४.निर्वाचित गराउने सन्दर्भमा संस्थाका मताधिकार प्राप्त सदस्य नयाँ नेतृत्व चयनका लागि आधिकारिक भए जस्तै आयोजक समिति विघटन भएपछि निर्वाचनका सन्दर्भमा देखिएका समस्या समाधानका लागि निर्वाचन समिति नै अन्तिम निर्णायक हुन्छ ।  नेपाली समाज युएईको विधानको परिच्छेद ६ धारा १६ .५ ले पनि यो कुरा स्पष्ट पारेको छ । निर्वाचन समिति गठन प्रति असन्तुष्टी भए निर्वाचनका प्रकृयामा सहभागि नै हुनु हुँदैन । आवश्यक सहमति नहुँदासम्म निर्वाचन प्रकृया शुरु भईसकेपछि निर्वाचनका विधिविधान विपरित निर्वाचन समिति अगाडी बढेमा बैधानिक संस्थाको हकमा न्यायालयको सहयोग लिन सकिन्थ्यो, तर युएईमा त्यो अवसर छैन । त्यसैले निर्वाचन समितिको निर्णय मान्नुको विकल्प छैन । अथवा सहमति जुटाउन सक्नुपर्छ जुन अझ जटिल देखिन्छ । कार्यक्रम स्थगन पछि सामाजिक सञ्जालमा अनेकौ टिप्पणी आएका छन् । कसैले अव नेपालीले आयोजना गर्ने कार्यक्रममा प्रहरी नै राख्नु पर्ने टिप्पणी गरेका छन् भने कसैले स्थानीय नागरिक राखेर तर्साउदैमा कोही नतर्सने बरु गोर्खाली के हो देखाई दिने आसयका स्टाटस लेखेका छन् । यि उदाहरणले नेपाली समाज भित्रको विभाजन प्रष्ट संकेत गर्छ ।  

५.नेपाली समाज युएई युएईमा नेपाली राजदुतावास स्थापना नहुँदै देखि क्रियाशिल भएको र विगतमा नेपाली नागरिकका सुख दुःखमा धेरै नै सघाउ पुर्याएको संस्था भएकाले यसको नेतृत्व हत्याउन जो कोही ईच्छुक छ । तर संस्थाको विगतको आदर्श अनुसारको नैतिक आचरणमा रहन कोही तयार छैन । राजनितिक दल निकटका संस्थामा पदाधिकारी भई बसेकाले नेपाली समाजको नेतृत्व गर्दा विवाद सृजना हुन सक्ने पक्ष पोषण हुन सक्ने आसयका साथ त्यस्ता ब्यक्तिलाई पदाधिकारी बन्न नपाईने ब्यवस्था गरिएको छ । तर अधिवेशनको निर्वाचन प्रकया शुरु हुनु पुर्वसम्म राजनितिक दल निकटका संस्थामा आवद्ध हुने निर्वाचन प्रकृयाकै लागि राजिनामा दिएर आउन पाईने व्यवस्थाले आचार संहिताको कुनै अर्थ रहँदैन । खाली झगडा गर्ने बहाना मात्र थपिन्छ ।  

६. नेपाली समाज युएईको विधान २०६६ ले नयाँ नेतृत्व चयन नहुँदासम्म पुरानै कार्यसमिति क्रियाशिल हुने परिकल्पना गरेको छ । नयाँ नेतृत्व चयन भएको एक महिना भित्रमा पुरानो अध्यक्षले नयाँ कार्यसमितिलाई जिम्मेवारी सुम्पने कुरा विधानमा उल्लेख छ । यि कुरा विधानको धारा १७ .३ र १७.४ मा उल्लेख छ ।  विधानको धारा १९.१ ले निर्बाचन गराउन नसकिएको अवस्थामा कार्यसमितिको बहुमतले थप एक बर्ष पदावधि बढाउन सकिने ब्यवस्था गरेको छ । विधानको  धारा ४९ ले विधानको अन्तिम ब्याख्या गर्ने अधिकार वर्तमान कार्यसमितिलाई दिएको छ । अब नयाँ नेतृत्वका बिषयमा बहस झै झगडा जति पनि गर्न सकिन्छ । तर निर्णय निर्बाचन समितिले जे गर्छ त्यसलाई मान्नु पर्छ । कार्यसमितिले एक बर्ष कार्यकाल बढाउने विकल्प पनि छ । हेरौं कुन बाटो लिन्छ ।  

७. नेपाली समाज युएईको कार्यशैली चुस्त दुरुस्त बनाउन विधान तथा अन्य नियमावलीमा केही परिवर्तनका आवश्यक्ताहरु छन् । समसामयिक बनाउनु पर्ने अवस्था छ । त्यस बिषयमा आगामी दिनमा टिप्पणी गर्ने छु ।

यो पनि पढ्नुहोस्  

नेपाली समाज युएईः अवको नेतृत्व चर्चा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: