लुम्बिनी र ईण्डोनेसियाको एक शहरलाई सिस्टरसिटी बनाउने प्रस्ताव

 

सुदीप निउरे,क्वालालम्पुर, २२ असार-

भगवान गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी र ईण्डोनेसियामा अवस्थित बिश्वकै ठूलो बोरोबुदर बौद्ध मन्दिर रहेको शहरलाई सिस्टरसिटीको रुपमा बिकाश गर्न नेपालले प्रस्ताव गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित बुद्ध जन्मस्थल नेपालको लुम्बिनी बिषयक एक कार्यक्रममा सहभागी ईण्डोनेसिया सरकारका प्रतिनिधीसमक्ष नेपालले यस्तो प्रस्ताव गरेको हो ।

मलेसियास्थित नेपाली राजदुतावासले ईण्डोनेसियाको बोरोबुदर बौद्ध मन्दिर र नेपालको लुम्बिनीलाई भगिनी शहर अर्थात सिस्टर सिटीको रुपमा स्थापना गर्न प्रस्ताव गरेको हो । ईण्डोनेसियाको मध्यजाभा प्रान्तमा बोरोबुदर बौद्ध मन्दिर रहेको छ । बुद्धको जन्मस्थल लुम्बिनिको प्रचार प्रसार गर्ने उदेश्यले यस्तो प्रस्ताव गरिएको मलेसियास्थित नेपाली राजदुत डाक्टर निरंजनमानसिंह बस्न्यातले बताए ।

सिस्टरसिटीको रुपमा स्थापना गर्न सकिए दुई देशबिचमा पर्यटन प्रबर्धन गर्न सकिने राजदुत बस्न्यातले बिश्वास ब्यक्त गरे । यस सम्बन्धले नेपालको धार्मिक पर्यटनमा समेत टेवा पुग्ने राजदुत बस्न्यातको भनाई छ । बोरोबुदर बौद्ध मन्दिर बनाउनका लागी नेपाली कला बिशेषज्ञ गुणधर्मले १२ औ शताब्दीमा मद्दत गरेको ईतिहासमा उल्लेख छ ।

बौद्ध जन्मस्थल नेपालको लुम्बिनी र ईण्डोनेसियामा अबस्थित बोरोबुदुर बौद्ध मन्दिर दुवै युनेस्कोद्धारा बिश्व सम्पदा सुचिमा सुचिकृत बौद्ध मन्दिर हुन् । कार्यक्रममा नेपाली राजदुतावासका प्रतिनिधी तथा ईण्डोनेसिया सरकारका प्रतिनिधि, सुरक्षा अंगका प्रमुख लगाएतको बाक्लो उपस्थिती रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: