हल्लाको पछि नलागौं

भूपराज बस्याल-

पत्रकारहरुको हकहितको संंगठित आवाज उठाउने संस्था हो नेपाल पत्रकार महासंघ त्यहि संगठनको प्रवास शाखा हो नेपाल पत्रकार महासंघ युएई।

प्रवासमा रहेका पत्रकारहरुलाई संगठित गर्दै पेशामा मर्यादित गराउन सन् २००९ मा नेपाल पत्रकार महासंघ युएईको स्थापना भयो। नितान्त पत्रकार पत्रकारिता क्षेत्रमा काम गर्ने उद्धेश्य रहेता पनि प्रवासको शाखा भएकोले आफ्नो दायरालाई फराकिलो बनाउदै सामाजिक क्षेत्रमा पनि उल्लेखनिय काम गर्दै आयो।

के के कस्ता कस्ता कामहरु गर्यो भनेर बिस्तृतमा आगामी लेखमा प्रस्तुत गरौंला ,आज भने के हो पत्रकार महासंघ, किन आवश्यक युएईमा भन्ने बिषयमा चर्चा परिचर्चा गर्नेछु

सर्वप्रथम युएईमा पत्रकार महासघ किन भन्ने कुरो उठ्छ उठ्नु पनि स्वाभाविक हो।  हामी  संघठन खोलेर त्यसको नेतृत्व गर्न पक्कै पनि आएको होइन। रोजीरोटीको अभावमा आर्थिक अभावलार्इ परिपूर्ति गर्न हामी प्रवासिएका है। मातृ भुमि प्रतिको मायाले नेपाली दाजु भाईको पिडा सबै सामु बाँढ्नलाई हामी विभिन्न संगठन निर्माण गर्छौ त्यसै अनुरु काम गर्ने गरेका छौ। फलस्वरुप हाल युएईमा एक सयको हाराहारीमा संघ सस्थाहरु रहेको पाइछ। करिब साढे तीनलाख नेपाली भएको ठाउँमा किन यति धेरै संघठन भन्ने पनि प्रश्न अर्को तिर उठ्न सक्छ यसको बारेमा पनि पछि छलफल गरौंला तर यति धेरै संघठन किन स्थापना भए भन्ने को सोझो उत्तर आउँछ समस्या धेरै भएर समस्या समाधान गर्ने संगठनले कि नेपाली दुताबासले यो पनि एक बहस को बिषय नै बन्ने तर तिनै समस्या समाधान गर्न यति धेरै संघठन स्थापना हुँदा नेपाल पत्रकार महासंघ किन भन्ने प्रश्न  गर्नु केवल समय खेरा फाल्नु मात्र हो। काम के के भए के के हुन बाकि छन्, के हो यसको दायरा भन्ने बिषयमा भने बहस गर्नु जरुरी देखिन्छ।

अन्य संस्थाले जस्तै नाँचगानका कार्यक्रम पत्रकार महासंघले गर्दैन यसको आफ्नै उद्धेश्य, परिधि सिमाहरु छन्। यसो हुँदा यसको कामको बारेमा अनभिज्ञ हुनु स्वाभाविक पनि होला तर आफुलाई समाजसेवी भन्न रुचाउने हरुले भने यो अनभिज्ञता प्रकट गर्नु आफैमा हास्यास्पद हुँदैन ?                   

समाज सेवाको नाममा तस्करी बढ्न थाले पछि खबरदारी गर्दै गर्दा धम्किको शैलीमा धावा बोल्ने देखि लिएर अन्य कुरा नभएका होइनन् अझ नेपाली दुताबास युएईले रसअल खैमहामा गरेको हुण्डी विरुद्धको कार्यक्रममा नेपाल पत्रकार महासंघ युएईले सशक्त रुपमा आवाज उठाउने प्रतिबद्ता जाहेर गरे पछि पछिल्लो समय त्यस्ता व्यक्ति युएईमा रहेका पत्रकारर बिच दुरी बढेको भने पक्कै हो।  कहिले समाचारमा नाम फोटो  आएन भनेर गुनासो गर्ने फेरी तिनीहरुका कर्तुरता बाहिर निकाल्न थाले पछि पर्तुकारका भाषा प्रयोग गर्नेले समाज सेवाको भाषा तिनैबाट प्रष्ट हुन्छ।

अब कुरा गरौ नेपाल पत्रकार महासंघ युएईको बारेमा युएईमा करिव ५० को हाराहारीमा पत्रकारहरु रहेको पाइछ तर महासंघमा भने जम्मा २१ जनाको मात्र सदस्यता नबिकरण हुने गरेको यसो किन भयो , सबै पत्रकारहरुलाई समेट्न पर्नु पर्ने होइन भन्ने जिज्ञासा उठ्न सक्छ।  दुनियामा सोसियल मिडियाले ठुलो हिस्सा ओगटी सक्यो सोसल मिडियामा लेख्ने सबैलाई पत्रकार महासंघले सदस्यता दिन सक्दैन यसको निश्चित  दायरा हुने हुँदा यसको परिधि भित्र रहेका व्यक्तिहरु मात्र यसको सदस्य बन्न सक्छन।

पत्रकार महासंघ उपस्थित भएको ठाउँमा किन समाचार आएन, पत्रकारले गलत लेख्दा किन महासंघले कारवाही गरेन, पत्रुकार लेख्नेलाई के हेरेर बसेको यी यस्तै बिषयमा युएईमा एक दिने प्रशिक्षण नै राख्नुपर्ने देखिन्छ तर पनि लेख मार्फत केहि प्रष्ट पार्न खोजिएको छ।

पत्रकार महासंघले समाचार लेख्दैन महासंघसंग कुनै मिडिया हुँदैन समाच्रार व्यक्तिले लेख्ने हो युएइमा हुने प्रायः सबै कार्यक्रम व्यावसायिक हुने गरेका छन् तर पनि ति व्यावसायिक कार्यक्रमलार्इ यहाँका पत्रकारले समाचारको रुपमा समेट्दै आएका छन।  जवसम्म व्यावसायिक कार्यक्रमलाई समाचार बनाउने प्रवृत्ति अन्त्य हुदैन तवसम्म सस्थाले मिडियाको महत्व बुझ्दैन आरोप लगाउनै ब्यस्त रहन्छ त्यसैले ब्यावसायिक कार्यक्रमलाई व्यावसायिक रुपमा नै अगाडी बढ्न दिउँ, समाचार बनाएर होइन बिज्ञापन गरेर उसको प्रचार प्रसार गरौ। यसो भयो भने पिकनिक, व्यावसायिक कार्यक्रमको समाचार नआएको गुनासो हुने कुरै भएन उक्त समयलाई यहाँका मजदुरको हकहितमा खर्च गर्न सकिन्छ।

कारबाही किन गरेन भन्ने अर्को बहस पनि कता कता उठ्ने गरेको नेपाल पत्रकार महासंघ कुनै कारबाही गर्ने निकाय होइन यसमा बसेरै बहस गरौला सामाजिक संजालमा कसले के लेख्यो कसले लेखेन त्यो त्यसको जिम्मेवारी पत्रकार महासंघले लिदैन तर पत्रकार आचार सहिता बिपरित काम गरेको खण्डमा पत्रकार महासंघमा निबेदन परेको खण्डमा आफ्ना सद्स्यहरुलाई कारबाहि गर्न केन्द्रमा पत्राचार गर्छ केन्द्रले सोहि बमोजिम कारबाही गरेका उदाहरणहरु हामीसंग छन्। युएईको हकमा माथि उल्लेख भएका २१ सदस्यको हकमा अहिलेसम्म कुनै निबेदन परेको छैन कारबाहीको सिफारिस पनि भएको छैन। त्यसैले सस्थाले यसो गर्यो उसो गर्यो कारबाही गरेन भन्ने सामाजिक संजालमा रोई कराई गर्नु भन्दा सम्बधित निकायको बाटो अपनाउन सबैलाई अनुरोध गरिछ।

पछ्ल्लिो समय केहि आफु अनुकल नहुँदा युएईका संघसस्थासंग नेपाल पत्रकार महासंघको सम्बन्धमा केहि दुरी बढ्यो भन्ने हल्ला आयो पत्रकार महासंघ कुनै सस्थासंग संस्थागत सहकार्य गर्दैमा उसको गुनगान मात्र गाउँदैन। राम्रा कामको प्रशंसा नराम्रा कामको बिरोध गर्ने हुदा संघ सस्थासंग पत्रकार महासंघको दुरी सधै एकै नासको हुदैन दुरीमा उतार चढाव भने आईरहन्छ तर युएईको सन्दर्भमा भने महासंघलाई कुनै जानकारी छैन आजको दिनसम्ममा कुनै पनि सस्थासंग सम्बधमा दरार आएको खबर हामीलाई प्राप्त नभएको हुदा हल्लाको पछि लागेर व्याख्या नगर्न सम्पूर्णमा आग्रह गर्दै महासंघ सम्बन्धि कुनै पनि जिज्ञासा रहे सिधा सम्पर्क गर्न महासंघ प्रति भ्रम नफैलाउन आग्रह

(बस्याल नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष हुन् )

यो पनि पढ्नुहोस् 

खाडीमा चर्को गर्मीमा बच्न के गर्नु पर्छ ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: