काठमाडौं, जेठ २८-
स्थल, सामन्द्रिक तथा हवाई मार्गमा नाकाबन्दी लगाएर साउदी अरेविया, संयुक्त अरव इमिरेटस, बहराइन र इजिप्टले कतारसँग सम्बन्ध विच्छेद गरेको वेला इरानबाट कम्तिमा पाँच कार्गो विमानबाट खाद्यान्न कतारमा पठाएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार इरानले कतारलाई आवश्यक खाद्यान्न आपूर्ति गर्ने आफनो प्रतिबद्धता अनुसार एक साता भित्र आइतवार दोस्रो पटक खाद्यान्न आपूर्ति गरेको हो ।
इरान एअरका प्रवक्ता शारोख नुशाबदीले समाचारसंस्था एएफपीलाई आइतबार भने, ‘अहिलेसम्म पाँचवटा विमानभरी फलफुल र तरकारी पठाएका छौं अर्को विमान पनि पठाउँछौं’ ती प्रवक्ताले कतारमा माग भएसम्म सामान पठाउने बताए।
तीन वटा पानी जहाँजमा तीन सय ५० टन खाद्यान्न कतार पठाउन तयारी अवस्थामा बन्दरगाहमा राखिएको छ ।
इरानले कतार र छिमेकी मुलुकहरुलाई वार्तामा वस्न आग्रह गर्दै आएको छ ।
क्षेत्रीय नाकाबन्दीका कारण अभाव बेहोरीरहेको कतारका लागि इरानले पाँचवटा विमान खाद्यान्न हो । इरानको मुख्य विरोधी साउदी अरेबिया सहित केही मुलुकहरुले कतारसँग सम्बन्ध तोडेका छन्।
यो पनि पढ्नुहोस्
कतार विवाद चर्किंदै गएमा युद्धको खतरा