पुनर्निर्माण प्रधानमन्त्रीको प्राथमिकता होस्ः एनआरएनए

काठमाडौं- गैरआवासीय नेपाली संघ(एनआरएनए) ले प्रधानमन्त्री शेरबहादुरलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिंदै प्रधानमन्त्रीको प्राथमिकता राष्ट्रिय पुनःनिर्माण अभियान हुने आशा गरेको छ । 

संघका अध्यक्ष शेष घलेद्वारा बुधवार जारी विज्ञप्तिमा देश संविधान कार्यन्वयनको दिशामा अगाडि बढ्दै पहिलो चरणको स्थानीय निर्बाचन सम्पन्न भइसकेको अवस्थामा नवनिर्वाचित प्रधानमन्त्रीको आगमनसँगै दोस्रो चरणको निर्वाचन, प्रदेश तथा केन्द्रीय संसदको निर्वाचन सम्पन्न गरी संबिधान कार्यान्वयनको प्रक्रियामा महत्वपूर्ण उपलब्धि हाँसिल हुने विश्वास व्यक्त गरिएको छ।

संघले बिगतमाजस्तै गैरआवासीय नेपाली संघले प्रधानमन्त्री देउवाको कार्यकालमा नेपालको सम्बृद्धि तथा पुनःनिर्माणका कार्यमा सक्रियतापूर्वक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय