परराष्ट्रमन्त्री महराको पहिलो निर्णयः बैदेशिक रोजगारमा जाने कामदारको समस्या समाधानका लागि कार्यदल गठन

काठमाडौं, जेठ २४- 

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले कार्यभार सम्हाल्दै, बैदेशिक रोजगारीमा जाने नेपालीका समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका छन् । बैदेशिक रोजगारीका चुनौती र संभावना केलाउँदै मन्त्रालयबाट गर्नुपर्ने तत्कालीन, मध्यकालिन र दीर्घकालीन प्राथमिकता निर्धारण गर्न परराष्ट्र मन्त्रालयको संयोजनमा गृह, अर्थ र श्रम तथा रोजगार मन्त्रालयका प्रतिनिधिहरु रहेको कार्यदल गठन गरिएको हो । कार्यदलले वैदेशिक रोजगारीमा गएका नेपालीले तोकिए बमोजिमको रोजगारी र सुविधा नपाउने, अलपत्र पर्ने, कानुनी हैसियत गुमाउने, जेलमा पर्नुपर्ने, निधन हुने तथा उद्धारको प्रतिक्षामा बस्नुपर्ने जस्ता समस्या समाधान गर्नका लागि योजना बनाउनेछ ।

खासगरी खाडी मुलुकमा काम गर्ने नेपालीहरुले यी समस्याहरु भोगिरहेका छन् । आज (बुधवार) नै उपप्रधान तथा परराष्ट्र मन्त्री महराले मन्त्रालयका कर्मचारीलाइ निर्देशन दिदै राष्ट्रिय स्वाधिनतालाई प्राथमिकता राख्दै छिमेकी र अन्य विदेशी राष्ट्रहरुसँग मित्रवत ब्यबहार गर्ने आफ्नो प्राथमिकता हुने बताए । 

यो पनि पढ्नुहोस् 

खाडी मुलुकमा कार्यरत कामदारको समस्या समाधानमा केन्द्रीत हुन्छुः नवनियुक्त मन्त्री मन्सुर

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: