आतंकवादलाई सघाएको भन्दै कतारसँग सम्वन्ध विच्छेदको घोषणा 

काठमाडौं- आतंकवादलाई सघाइरहेको आरोप लगाउँदै साउदी अरेबिया, बहरेन, संयुक्त अरब इमिरेट्स र इजिप्टले कतारसँगका आफ्ना सबै कूटनीतिक सम्बन्धहरु अन्त्य भएको घोषणा गरेका छन्। उनीहरुले कतारले इस्लामिक स्टेट लगायतका आतंकवादी समूहलाई सहयोग गरेको आरोप लगाएका छन्।

साउदी सरकारी समाचार संस्था एसपीएले रियादले कतारसँगका आफ्ना सबै सीमा, सामुद्रिक र हवाई सम्पर्क विच्छेद गरिएको जनाएको छ। सो संस्थाले अधिकारीहरुलाई उद्धृत गर्दै ूराष्ट्रिय सुरक्षालाई अतिवाद र आतंकवादबाट बचाउनू पछिल्लो कदम चालिएको जनाएको छ।

‘ह्याकिङ्’

कतारको आधिकारिक समाचार संस्थाको कम्प्युटरमा अनधिकृतरुपमा ुह्याकिङ्ु गरिएपछि खाडी क्षेत्रमा बढेको तनावमाझ पछिल्ला घोषणा भएका हुन्। अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले खाडी क्षेत्रका देशहरु एकढिक्का हुन आह्वान गरेका छन्।

कतारका अमिरले दिएको भनिएको विवादास्पद अभिव्यक्ति अनलाइनमार्फत सार्वजनिक भएको खाडी देशहरुबीचको विवाद चर्किएको हो। तर कतारले ती अभिव्यक्ति अवास्तविक भएको भन्दै त्यसलाई अस्वीकार गरेको थियो।

उसले त्यसलाई ूलाजमर्दो साइबर अपराधूको संज्ञा दिएको थियो।

विविसीबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय