युएईमा सुधार सहितको कानून पारित, लागु हुन अझै केहि समय लाग्ने 

युएई, जेठ १९

युएईको राष्ट्रिय परिषदले घरेलु कामदारले साप्ताहिक विाद लगायतको सुविधा पाउनु पर्ने लगायतको व्यवस्था सहितको कानून पारित गरेको छ । गत मंगलवार पारित कानूनमा साप्ताहिक विदाको व्यवस्थासँगै बर्षमा ३० दिन तलवी घरविदा तथा पासपोर्ट लगायतको आवश्यक कागजात आफैंसँग राख्न पाउने विषय समेटिएका छन् । यो कानून युएईका शेखको हस्ताक्षर पछि लागु हुनेछ । 

नयाँ कानून अनुसार घरेलु कामदारले दैनिक न्यूनतम १२ घण्टा विश्राम गर्न पाउनु पर्नेछ । यसैगरी सो कानून लागु भएपछि घरेलु कामदारका लागि पनि ८ घण्टे कार्यसमय तोकिनेछ । हाल घरेलु कामदारहरुले दैनिक १८ घण्टासम्म काम गर्नुपरेको गुनासो गर्ने गरेका छन् । 

युएईले अन्तराष्ट्रिय मान्यतालाई अवलम्वन गर्दै घरेलु कामदारको रोजगारीलाई व्यवस्थीत गर्न खोजेको यहाँका सरकारी अधिकारीलाई उधृत गर्दै गल्फन्यूजले समाचार लेखेको छ । यो व्यवस्थाले आइएलओले मर्यादित कामका लागि तोकेको आधारभूत व्यवस्था पूरा गर्ने उनीहरुको भनाई छ । नयाँ कानूनले कुनै पनि घरेलु कामदारलाई जाती, रंग, लिङग, धर्म, राजनीतिक विचार वा राष्ट्रियताका आधारमा विभेद गर्न पाइने छैन । 

नयाँ कानूनले कुनै पनि घरेलु कामदारलाई मौखिक वा शारिरीक रुपमा यौन दुव्र्यवहार गर्न, मानव बेचविखनमा पर्न वा बाध्यकारी रुपमा श्रममा संलग्न गराउन नपाईने व्यवस्था गरेको समाचारमा जनाइएको छ । 

कानूनले घरेलु कामदारका लागि न्यूनतम १८ बर्ष उमेर पुगेको हुनुपर्ने, भिषा, अभिमुखिकरण तथा तालिमको व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ ।  

युएईमा हाल ७ लाख ५० हजारको हाराहारीमा घरेलु कामदार कार्यरत रहेको अनुमान छ । त्यसमध्ये बहुसंख्यक अवुधावी, दुवई तथा शारजहाँमा कार्यरत छन् । 

यो पनि पढ्नुहोस् 

आमाको मनः कान्छो घर फर्किदिए घरजम गरिदिन्थें 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय