साहुले थुनेर राखेकी सन्तमायाले नेपाली बोल्न समेत विर्सिइसकिन् 

रञ्जना लम्साल, नवलपरासी, जेठ १७- 

उनी हुन नवलपरासी देबचुली ७ की सन्तमाया नेपाली । ७ सन्तानकी आमा पार्वतीको एउटै पिरलो पनि यीनै कान्छि छोरी भएकी छन् । सन्तमाया साउदी पसेको ८ बर्ष भयो । सन्तमायाको  खोज खबर केहि नभएपछि छट्पटाएकी एउटी आमाको आस पलाएको छ किनकी सन्तमायाले एकाएक फोन गरिन् । फोन त आयो तर अब छोरीलाई नेपाल कसरी फर्काउने भन्ने चिन्ताले पार्वतीलाई सताएको छ ।

मन अत्तालिन्छ पार्वतीको, किनकी फोनमा बोल्दा नेपाली बोल्न समेत बिर्सिए भन्ने छोरीलाई कसरी नेपाल फिर्ता आउली भनेर । सन्तमायाको फोन आउँदा मलाई नेपाल आउन मन लाछ बा आमालाई भेट्न मन छ यति मात्र बोलेको र नेपाली बोल्न नआएको बताएको सन्तमायाकी आमा पार्वती नेपालीले बताईन् ।

पहिला साम्रोसंग कुरागर्ने छोरी किन एकाएक नेपाली बोल्न पनि र्बििर्सएँ भन्छे ? पार्वती छक्क परेकी छिन् भन्छिन् कतै साहुले बोल्न नदिएर हो की कुटपिट पो गरेर हो की ? 

२ बर्ष अगाडी सन्तमायालाई नेपाल फर्काउन भन्दै सुचना तथा परामर्श केन्द्र कावासोतीमा निवेदन दर्ता भएपनि उनको फोन सम्पर्क नहुने र हुँदा पनि कुरा गर्न नसकिने कारणले उनलाई उद्धार गर्न गाह्रो भएको थियो । तर पनि उनको उद्धारको प्रयत्न भइरहेको सुचना तथा परामर्श केन्द्र कावासोतीले जनाएको छ । 

११ बर्ष अगाडी रोजगारीको लागि भारत हिंडेको पार्वतीको छोरा तुलबहादुर उतै हराए । छोरी सन्तमायाले पनि आफूलाई साहुले नेपाल फर्किन नदिएको भन्दै फोन गरेपछि पार्वतीलाई के गरौं, कसलाई भनौं भएको छ । कमजोर आर्थिक अवस्था अनि जम्मा ३ कक्षा पढेकी सन्तमाया भारतको बाटो हुँदै साउदी पुगेकी हुन् । 

यो पनि पढ्नुहोस् 

पैसा कमाउन गएकी छोरी साउदीमै फसेपछि

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय