मलेसियामा काम गर्ने कामदारको हित हाम्रो मुख्य चासोः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, बैशाख १७-

प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले दशौं लाख नेपाली कामदारहरु मलेसियामा रहेको र उनीहरुको हित नेपाल सरकारको मूख्य सरोकारको विषय भएको बर्ताका छन् । ‘हाम्रा दशौं लाख नागरिक मलेसियामा कामदारका रुपमा छन् । उनीहरुले विभिन्न कठिनाई भोगिरहेका छन् । फ्रि भिसा भनेपनि विभिन्न नाममा मोटो रकम तिर्न बाध्य भइरहेको कुराप्रति सरकार जानकार छ नेपाल भ्रमणमा आएको मलेसियाका व्यवसायी र पूर्व प्रशासकहरुको टोलीसँग प्रधानमन्त्रीले भने नेपाल सरकारले मलेसियामा कार्यरत नेपाली कामदारहरुका समस्या समाधानका लागि कुटनीतिक पहल गरिरहेको छ ।’

सो अवशरमा प्रधानमन्त्री  ‘प्रचण्ड’ले नेपाली जनताको सम्पूर्ण चासो नै विकास र समृद्धितिर भएको बताए । भेटमा प्रधानमन्त्रीले विकास र समृद्धिमा नै जनताको मूख्य चासो भएको बताए । भेटमा प्रधानमन्त्रीले भने, ‘अहिले विश्वकै ध्यान विकास र समृद्धिमा छ । नेपाल सरकार पनि जनताको विकास र समृद्धिको चाहना पुरा गर्न रातदिन खटिरहेको छ । यसै वर्ष हामीले नेपालमा लगानी सम्मेलन ग¥यौं, पूर्वाधार विकाससम्बन्धि सम्मेलन पनि भयो । लगानीको राम्रो प्रतिवद्धता आएको छ । लगानीका सम्बन्धमा रहेका प्रतिकूल कानूनहरु परिमार्जन गरेर हामी लगानी भित्राउन चाहन्छौं । अहिले ७५ आर्थिक वृद्धि हासिल गरिएको छ, नेपालको समृद्धि र विकासमा सकारात्मक लक्षणहरु देखा परिरहेका छन्’ प्रधानमन्त्रीले भने । 

मलेसियाले छोटो अवधिमा आर्थिक विकास गरेको स्मरण गर्दै प्रधानमन्त्रीले त्यसबाट नेपालले पनि शिक्षा लिनसक्ने बर्ताए । भेटमा मलेसियाको पुत्रजय नगरका पूर्वमेयर तथा पूर्व गृहसचिव तान्श्री आसेले प्रचण्ड नेतृत्वको सरकारका पालामा विकास र आर्थिक वृद्धिदरमा प्रगति भएको बताउँदै विकास र समृद्धिमा नेपाल र मलेसियाबीच सहकार्यका लागि आग्रह गरे । भेटमा नेपाल मलेसिया बिजनेश काउन्सिलका अध्यक्ष प्रदीप दातोले नेपालीहरुले मलेसियामा गरेको व्यवसायका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराए । 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: