
रामकुमार कर्ण, धनुषा, बैशाख १४-
धनुषाका एक युवा साउदी अरवको एक अस्पतालमा अलपत्र परेका छन् । सुरुमा विरामी भएर तथा पछि दुर्घटनामा परेर प्रहरीले अस्पताल पुर्याएका उनी हाल साउदी स्थीत किंग फायद अस्पतालमा छन् । उनलार्ई नेपाल पठाइदिने व्यवस्था मिलाइदिन ति युवाका बाबु जुलुम पासवानले अपिल गरेका छन् ।
जनकपुर उपमहानगरपालिका वार्ड नं. २० का जुलुम पासवानका एक्ला छोरा धर्मनाथ सन् २०१४ को २३ मार्चमा रोजगारीका लागि साउदी अरव उडेका थिए । ३५ बर्षिय पासवान साउण्ड लाईन रिक्युटमेन्टबाट साउदीको अबदुल्लाह सहीदमा मासिक ८ सय रियाल तलवमा लेवरको भिसामा गएका हुन् ।
कम्पनी छोडेर भागेर अन्यत्रै काम गर्ने भएकोले काम गराउने कम्पनीले तलव नदिए पछि उनी अन्य ठाउँमा काम खोज्दै थिए । सोही क्रममा अस्वस्थ भएको र सँगै बस्दै आएका साथीहरुले पनि बस्न नदिएपछि उनी चार दिनसम्म सडक पेटीमा नै अर्धचेत अवस्थामा बसेको जानकारी पाएको धर्मनाथका बाबु जुलुमले बताए ।
उनलाई स्थानिय प्रहरीले अस्पताल लगेर केही नेपालीले चन्दा संकलन गरी उपचार गराएका थिए । उनी दुर्घटनामा समेत परेको र शल्यक्रिया गरिएको जानकारी पाएको परिवारको भनाई छ ।हाल आफ्नो छोरो अस्पतालमा नै रहेको भन्दै उनको उद्धारका लागि ६५ बर्षिय बाबु जुलमले सवैलाई अनुरोध गरेका छन् ।
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/9X–CnN9Mhw?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}